काठ्माण्डौ ०९ मंसिर:
भारतले प्रयोगमा ल्याएको ५०० र २ हजारको नयाँ नोट तत्काल नेपालमा नचल्ने नेपाल राष्ट्र बैंकले बताएको छ । नेपाल राष्ट्र बैंकले यस नोटलाई अनाधिकृत र अवैध भनेको हो । भारत सरकारले ५०० र १ हजारको पुरानो नोटमा प्रतिबन्ध लगाएको छ र रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) ले ५ सय र २ हजारको नयाँ नोट बजारमा ल्याइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भारतीय नयाँ नोटको कारोबार नेपालका लागि अबैध भएको जनाएका छन । उनकाअनुसार भारतले आफ्नो फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट अन्तरगत फेमा नोटिफिकेशन जारी गरेपछि मात्रै भारु ५ सय र २ हजारले नेपालमा वैधानिकता पाउँने छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नोटिफिकेशन मार्फत नेपालमा ५ सय १ हजारका नोट २५ हजारसम्म कारोबार गर्न खुला गरिएको थियो । तर, भारतले पुरानो नोटमा प्रतिबन्ध लगाइसकेको छ । उनका अनुसार फेमा नोटिफिकेशन नआउँदासम्म भारु ५०० र २ हजारको नोटको कारोबार तथा प्रयोग गैह्रकानुनी हुनेछ । अहिले भारु १ सय र त्यसभन्दा साना नोट मात्रै नेपालभित्र कारोबार गर्न सकिने छ ।
Post a Comment