Latest Updates :

भीमफेदी दुर्घटनामा गाडीबाट उछिट्टिएर बाँचेकी वालिका ‘मेरा बाबामम्मी खोई’ भनेर चिच्याइरहेकी थिइन्


SHARE THIS POST :

हामी शनिबार बिहान राप्रपा नेपालका अध्यक्ष कमल थापासँगै हेटौडाबाट भीमफेदीको बाटो हुँदै काठमाडौं आइरहेका थियौं । भीमफेदीको जुरखेतमा आइपुग्दा एउटा टाटा गाडी भीरबाट तल खसेको हल्ला चल्यो । नजिकै चिया पसलमा पनि गाडी खस्यो भन्दै मानिसहरु कराइरहेका थिए । घटनास्थलमा अर्को एउटा गाडी रोकिएको थियो । हामी त्यहाँ आइपुग्दा गाडी भीरमा खसेको केही मिनेटमात्रै भएको रहेछ ।
स्तो खबर सुन्नासाथ अध्यक्ष थापाले गाडी रोकेर हामी सबैलाई उद्धारमा खटिन निर्देशन दिनुभयो र उहाँ आफैं पनि भीरमा पीडितको उद्धारका लागि अघि बढ्नुभयो । साथमा रहेका उहाँका सुरक्षाकर्मीलाई पनि खटिन निर्देशन दिनुभयो । केही स्थानीयवासी र अन्य यात्रुहरु पनि जम्मा भए ।

हामी घाइतेहरु रहेको स्थानमा पुग्यौं । त्यहाँबाट एक व्यक्तिलाई मृत अवस्थामा निकालियो । एक जनाको टाउकोबाट भल्भली रगत बगिरहेको अवस्थामा उद्धार गरियो । अध्यक्ष थापाले पनि घाइतेहरुलाई बोक्नुभयो ।

एकजना ६\७ वर्षकी वालिका गाडीबाट उछिट्टिएर बाँचेकी रहिछन् । उनी मेरा बाबामम्मी खोई भनेर चिच्याइरहेकी थिइन् । हामीले तत्कालै एम्बुलेन्स बोलायौं । अध्यक्ष थापाले नजिकै रहेको प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरु तत्काल बोलाउनुभयो । र, हामीले गाडी चालक अनि वालिकालाई एम्बुलेन्समा हालेर हेटौडा अस्पताल पठायौं ।
काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको निजी टाटा भ्यान करिब दुईसय मिटर तल खसेको रहेछ । गाडीमा पाँचजना मानिसहरु थिए । उपचारका लागि पठाइएका सिरियसमध्ये थप एकजनाको पनि मृत्यु भएको र मृतकको संख्या दुई पुगेको प्रहरीले हामीलाई जानकारी गराएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv