डडेल्धुरा । डडेल्धुरा उद्योग बाणिज्य संघको आयोजनामा संचालन भैरहेको सुदुर पस्चिमान्चल क्षेत्रिय महोत्सब भब्यताका साथ चलिरहेको छ । यो महोत्सव मंशीर ३ गतेदेखि १३ गतेसम्म रहने आयोजकको भनाई छ ।
आयोजित महोत्सव कार्यक्रममा गायिका सरिता प्रजापतिको पनि सहभागिता थियो । पछिल्लो समय सरिता प्रजापति कुनै नौलो नाम होइन नेपाली सांगीतिक क्षेत्रमा, उनले गाएका हरेक विधाका गीत चर्चाको शिखरमा छन् ।
यस्तै सुदुर पस्चिमान्चल क्षेत्रिय महोत्सबमा उनका चर्चित गीतहरु गाएर धुम मच्चाई दिएकी छन् सरिताले । उनलाई गायिका मात्र नभई नृत्याङ्गना भन्दा पनि फरक पर्दैन । यसर्थ उनि बहु प्रतिभाकी धनि भएकीले नै होला स्टेजमा कुनै पनि आफ्नो पफर्म दिए लगत्तै वान्समोरको हुटिंङ्ग राम्रै पाउने गरेकी छिन् ।
किनकि उनका प्रस्तुतीकरण र हाउभाउले नै दर्शकलाई तताइदिन्छ। महोत्सवको दोश्रो दिनमा चर्चित गायिका सरिताले बारुले कम्मर, दोहोरी हेर्दा हेर्दै जवानीले छोएछ, आइ लभ यू काले, ढाका टोपी क्या राम्रो सुहाको गीतहरु गाएर सारा महोन्सवमा हजारौको संख्यामा उपस्थित जनसागरलाई नचाएकी छन् ।
महोत्सवको अवसरमा गायिका सरिता प्रजापतिको गीत सुन्न र हेर्नलाई दर्शक तथा श्रोताहरुको भीड नै लागेको थियो। सुदुर पश्चिमको बृहद महोत्सवमा धेरै टाढा टाढादेखिका मानिसहरु महोत्सव हेर्न आएका थिए । महोत्सवमा गीत गाएर सरिताले सुदुर पश्चिममा दर्शक तथा श्रोताको मनमा बेग्लै छाप छोड्न सफल भएकी छिन्।
जाली रुमाल गाउँदा गाँउदै महोत्सब स्थलमा दर्शकहरुको हुटिंङ्गले सारा महोत्सवको माहौल तात्तिनुको साथै उल्लासय बनेको थियो ।
यसैक्रममा बरिष्ठ देउडा गायक भोजराज भट्ट र लोक दोहोरी गायक पुस्कल शर्माको बेजोड प्रस्तुती पनि रहेको थियो।
Post a Comment