Latest Updates :

चस्मा लगाएर बसको ढोकामा उभिएका सशस्त्र प्रहरीका जवान बाटोमा चस्म खसेपछि गुड्दै गरेको बसबाट हाम फालेर चस्मा लिन जाने क्रममा मृत्यु


SHARE THIS POST :

भीमदत्तनगर, १५ कात्तिक ।
 पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी–कलुवापुर सडकखण्डमा आज साँझ बसबाट खसेर सशस्त्र प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ ।  ना ६ ख ४६७५ नम्बरको बसबाट खसेर सशस्त्र प्रहरी बल सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनी अत्तरियामा कार्यरत सशस्त्र प्रहरी जवान शङ्करसिंह धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

बसको ढोकामा उभिएका धामीको चस्मा बाटोमा खसेपछि गुड्दै गरेको बसबाट हाम फालेर चस्मा लिन जाने क्रममा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv