Latest Updates :

एउटा फेसबुक पोस्टले १५ मन्दिरमा तोडफोड, हिन्दुका १०० घर खरानी बने


SHARE THIS POST :

ढाका, १६ कात्तिक - बंगलादेशमा आक्रोशित भीडले एकै पटक १५ वटा हिन्दु मन्दिरमा आक्रमण गरेको छ। मन्दिरमा आक्रमणका क्रममा केही मुर्ति पनि तोडफोड गरिएको छ।

यसका अलावा हिन्दुहरुका एक सयवटा घरमा पनि आगो लगाएर खरानी बनाइएको छ। त्यस क्रममा हिन्दुहरुको घरबाट लुटपाट पनि मच्चाइएको छ।

आइतवार दिउँसो फेसबुकमा एउटा स्टाटस पोस्ट गरिएपछि विवाद शुरु भएको थियो। यो पोस्ट इस्लामविरुद्ध रहेको भन्दै उग्र भीड सडकमा उत्रेको थियो।

पुलिसले फेसबुकमा पोस्ट गर्ने व्यक्तिलाई गिरफ्तार गरी हिरासतमा लिएको छ। मन्दिरमा हमला गरेको आरोपमा ६ जनालाई पनि हिरासतमा लिइएको छ।

समाचार अनुसार भीडले ब्राह्मणबरियाको नसिरनगर इलाकामा १५ वटा मन्दिर भत्काएका छन्। एक सय भन्दा धेरै घरमा आगो लगाएर क्षतिग्रस्त बनाइ लुटपाट पनि मच्चाइएको छ।

नसिरनगर र माधवपुरमा पुलिस, सशस्त्र पुलिसको बटालियन र र्यापिड एक्सन बटालियन तथा बोर्डर गार्ड बंगलादेशलाई पनि तैनाथ गरिएको छ।

पुलिस कमिश्नर रिजवान उर रहमानका अनुसार पुलिस आफ्नो तर्फबाट कडा कारवाहीमा उत्रिसकेको छ। यसैबीच हिन्दू नेताहरुले पनि आफूहरुको समुदायमा हमला भएपछि अन्य हिन्दु धर्मावलम्बीमा त्रास छाएको बताएका छन्।

सन् २०१२ मा बंगलादेशको बौद्ध मन्दिरमा पनि हमला यसै किसिमको एक फेसबुक पोस्टपछि गरिएको थियो। त्यस घटनामा दुईजनाको ज्यान पनि गएको थियो। एजेन्सीको सहयोगमा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv