काठ्माण्डौ १३ मंसिर:
एजेन्सी, संसारमा धेरै रहस्यहरु लुकेर रहेका छन। वैज्ञानिकहरुले धेरै कुरा पत्ता लगाए पनि जीवनका केही यस्ता कुराहरु छन जसलाई अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन । यस्तै रहस्य लुकेर रहेको छ कजाकिस्तानको एउटा गाउँमा जसको रहस्यको बारेमा अहिलेसम्म वैज्ञानिक तथा अनुसन्धानले समेत पत्ता लगाएका छैनन । कजाकिस्तानको कलाची गाउँका मानिसहरु अनौठो रोगबाट ग्रसित भएका छन्। यहाँका मानिसहरु एक पटक सुतेमा कयौदिनसम्म सुतेकै हुन्छन । उनीहरु हतपत्त उठ्दैनन । कुम्भकर्ण जस्तै महिनौसम्म सुतिरहन्छन्। तर अहिलेको युगमा पनि यो गाउँमा कुम्भकर्णको बानीबाट ग्रसित भएका छन । यो गाउँमा सुत्ने समस्यालाई लिएर सन २०१० मा वैज्ञानिहरुलाज्ञ जानकारीमा आएपछि उनीहरुले खोज तथा अनुसन्धानमा लागेका छन । उनीहरुको खोजमा यी गाउँका मानिहरु निदाउँने रोगबाट बिरामी परेका हुन । यसका साथै वैज्ञानिकहरुले यहाँको दूषित पानी का कारण मानिसहरुमा निदाउने गरेको बताइएको छ ।
करीब ६ सय मानिस जनसंख्या भएको यो गाउँमा करिब १४ प्रतिशत मानिस यो रोगबाट ग्रसित छन । यो गाउँलाई स्लिपि हेलो नामले चिनिन्छ । यो कुराको जानकारी सबैभन्दा पहिले जब स्कुलमा बच्चाहरु पढ्दापढदै सुतिरहेका थिए। यही दिनदेखि यो रोगले सबैलाई सताउन थालेका बताइन्छ ।
SHARE ON
Post a Comment