Latest Updates :

धुर्मुस सुन्तलीको विरूद्दमा बोल्ने आङकाजीलाोई सृष्टीले विदेशबाट हानिन झटारो


SHARE THIS POST :

हुन त म एक साधारण नारी हुँ। राजनीतिको रा पनि नजानेको र जान्न पनि चासो छैन यो फोहोरी खेल। मिडियाहरुमा तपाइको बिरोध अनि तपाइको फेसबुक पोस्ट देखे, हुनत म कसैको सपोर्ट लिन्न मात्र सत्य कुरामा सहि भन्छु तर पनि मलाइ लागेको केहि कुरा बोल्न मन लाग्यो मनैबाट । आङ्ग काजी ज्यु ! हजुर आदिबासी जनजातिको कैयौं बर्ष अगाडि गुमेको अधिकार दिलाउनको लागि आदिबासी जनजातिको मुक्तिको लागि लडिरहनु भएको छ, यस्मा मेरो पनि समर्थन छ तर जस्ले सहि काम गर्छ उस्को त सहि मुल्यांकन नै गर्न पर्छ। धुर्मुस सुन्तलिले बाख्राको जस्तो कटेरो बनाए पनि कैयौं मानिसहरु चिसो जाडो झरिहरुमा छट्पटिदै आकासलाई छानो बनाएर, रातीको शीतलाई सिरक बनाएर, भुइलाई पलङ्ग बनाएर सुत्न बाध्य भुकम्प पीडितहरुको लागि यो महल भन्दा कमको छैन अहिले बर्तमानको स्थितिमा । अर्को कुरा गुम्बा,चर्च,मन्दिरमा ईश्वर बास गर्नुहुन्न। गुम्बा बनाउनेलाइ खै तारिफ भन्नुहुन्छ? गुम्बा, चर्च ,मन्दिर भनेको एउटा आस्था राखिएको ठाउँ हो तर जुन धुर्मुस सुन्तलिले गरेको काम छ त्यो अहिलेको आवश्यकता हो । ईश्वर एउटा मान्छेले बनाएको महलमा,गुम्बामा,मन्दिरमा,चर्चमा बस्नुहुन्न, ईश्वर त जहाँ सेवाको हृदय (धुर्मुस सुन्तलिको) जस्तो मन भएकामा बस्नुहुन्छ अनि झुपडीमा,गरिब-दु:खी पीडितकोमा बस्नुहुन्छ। –धनकुटा(हाल-प्रबासबाट)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv