टेक्सास – अमेरिकाको टेक्सास स्थित होस्टन सिटि मा आज सम्पन्न टू एक्स क्रिकेट युएसए कप २०१६ को फाइनल खेलमा नेपाली क्लब नेपाली राइनो ले होस्टन स्पार्क्स लाइ ५४ रन ले पराजित गर्दै उपाधि जितेको छ ।
गत नोभेम्बर ९ तारिक देखि शुरु भएको यस टुर्नामेन्ट मा नेपाली टिम नेपाली राइनो आफ्ना सबै खेलहरु मा जित निकाल्दै फाइनल मा पुगेको थियो । फाइनल खेलमा पाकिस्तान क्रिकेट का पुर्व क्रिकेटर कमरण अकमल ले कप्तानी गरेको होस्टन स्पार्क लाइ पारस खड्काको ७७ रन को मद्दत ले नेपाली राइनो ले १९८ रन को लक्ष दिएको थियो । जवाफ मा होस्टन स्पार्क ले १४४ रन मात्र बनाउन सकेको थियो ।
यस प्रतियोगिता को बिजेता नेपाली राइनोले पदक र कप को साथ् मा नगद ६० हजार २५० डलर प्राप्त गरेको छ भने उप-बिजेता होस्टन स्पार्क ले १७ हजार ५०० डलर र कप प्राप्त गरेको छ ।
Post a Comment