Latest Updates :

काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा गच्छदार सहभागी कार्यक्रममा हवाईफायर


SHARE THIS POST :

बनेपा - काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा आज मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको छ ।
मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

“कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही व्यक्ति आएर प्रहरीको हतियार नै खोस्न थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर हवाईफायर गर्नुपरेको प्रनाउ राईले बताउनुभयो । भीडबाट नियन्त्रणमा लिएका दुई युवा पनि भागेको बताइएको छ । सो गाविसमा फोरम लोकतान्त्रिकको पार्टी प्रवेश कार्यक्रम थियो । घटना भएको ठाउँ ‘डन’ भनेर चिनिने सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाको गाउँ पनि हो ।

प्रहरीका अनुसार पार्टी अध्यक्ष गच्छदारले मन्तव्य राख्न सुरु भएको केही बेरमा नै कार्यक्रम बिथोल्ने प्रयास भएको थियो । प्रहरीले नियन्त्रणमा लिएका दुई युवाको खोजी कार्य जारी रहेको जनाइएको छ । रासस


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv