Latest Updates :

पाकिस्तानीसँगको भिडन्तमा खोटाङका असिम राईको मृत्यु


SHARE THIS POST :

जम्मु कास्मिरमा पाकिस्तानी सेनासँग भएको गोली हानाहानमा खोटाङको रतन्छा–५ का असिम राईको मृत्यु भएपछि गाउँ शोकमा डुवेको छ। भिडन्तका क्रममा ३१ वर्षीय राईको मृत्यु भएपछि उनको गाउँ रतन्छा शोकमा डुबेको हो। गत मंगलबार बिहान ५ बजे झुक्क्याएर आएका उग्रबादी समूहको आक्रमणमा आर्मी नम्बर ९४२४७१४ एन भएका असिनको मृत्यु भएको काका तुलराज राईले बताए। युद्धमा ‘वीरगती’ प्राप्त गरेको भन्दै मृतकको शव घरमा ल्याउन नदिइए पछि असिनका आफन्त बागदुग्रा पश्चिमबंगाल पुगेर बिहिबार दाहसंस्कार गरेर फर्किएका छन्।

 जम्मुकास्मिरमै भएको गोलीहानाहानमा रतन्छा–३ का रुद्र राई गम्भीर घाईते भएको केही समय नबित्दै रतन्छाकै असिनले ज्यान गुमाएका हुन्। असिनको मृत्युको बिषयमा जम्मुकास्मिरमै भारतीय सेनामा कार्यरत रतन्छाका श्याम राई र छिमेकी गाबिस टेम्माका पवन राईले घरमा फोनमार्फत जानकारी दिएका थिए। दाहसंस्कार गर्न बागदुग्रा पुग्दा असिनको छातीमा दुई ठाउँ, तिघ्रामा दुई ठाउँ र घुँडामुनि एक ठाउँमा गोली लागेको देखिएको काका तुलराजले जनाए। ‘असिनको गोली लागेर मृत्यु भएको खबर आयो, शव ल्याउन दिइएन,’ तुलराजले भने, ‘बागदुग्रा पुगेर दाहसंस्कार गरेर फर्कियौँ।’

 नागरिक दैनिकमा प्रकाशित समाचार उल्लेख छ । भारतीय पुलिस अफिसरको पोशाकमा हतियारसहित आएका पाँच जनाको समूहले असिन कार्यरत एचक्यू सिआईएफ डि फोर्स रहेको स्थानमा आक्रमण गरेको थियो । १४ वर्षदेखि भारतीय राईफल म्यानकारुपमा कार्यरत असिन दुई महिना अघि मात्र युद्धग्रस्त क्षेत्र जम्मुकास्मिर पुगेका थिए। दोहोरो गोली हानाहानमा आक्रमणकारीतर्फका चार सहित ९ जनाको मृत्यु भएको जनाइएको छ।

भारतीय पुलिस अफिसरको पोशाकमा जीपमा आएका उग्रबादी समूहले सेन्ट्रीलाई गोली हानेपछि भारतीय सेनाको गेष्टरुममा बम हानेको थियो। नक्कली भेषमा सुरक्षापोष्टभित्र छिरेका समूहले बिहान झिसमिसमै बम हानेर आक्रमण सुरु गरेपछि दोहोरो गोली हानाहान भएको थियो। सँगै कार्यरत साथीहरुका अनुशार सेनाको गेष्टरुपमा मेसमा निशस्त्र रहेको अवस्थामा असिनमाथि गोली हानिएको जानकारी आएको उनका भिनाजु भक्त राईले बताए। एक जर्नेलको बिदाईको मौका पारेर नक्कली भेष धारण गरेका समूहबाट भारतीय सेनामाथि आक्रमण भएको बताइएको छ ।

 हेलिकोप्टरमा राखेर जम्मुकास्मिरबाट दिल्ली, कलकत्तामा फूलमाला र सलामी दिँदै ल्याउनेक्रममा दिउँसो २ बजे मात्र बागदुग्रामा असिनको शव ल्याइपुर्‍याइएको थियो। दाहसंस्कारका क्रममा भारतीय सेनाका सिपाहीदेखि लेफ्टीनेन्ट जनरलसम्मले असिनलाई सलामी अर्पण गरेको शव बुझ्न पुगेका भिनाजु भक्तले बताए। सलामीपछि आफन्तलाई जिम्मा दिइएको शव राईको संस्कार अनुशार दाहसंस्कार गरिएको छ।

 वीरगती प्राप्त गरेकाले असिनको शव नेपाल ल्याउन नदिइएको हो। ‘सम्मान र सलामी देखेर हामीलाई गर्व लाग्यो, मर्माहत मनलाई पनि चित्त बुझ्यो,’ भुपु भारतीय हवल्दार रहेका भक्तले भने, ‘एउटै देशका नागरिकजस्तो गरी बसियो, यही देशकालागि लडेर जीवन बलिदान गरेकाले यही देशमा दाहसंस्कार गर्नुपर्छ भनेर शव ल्याउन दिइएन।’ जम्मुकास्मिरमै केही हप्ता अघि पाकिस्तानी सेनाको गोली लागेका गम्भीर घाईते भएका रतन्छा–३ का रुद्र राईको उपचार भइरहेको छ।

उनको अवस्था हालसम्म गम्भीर रहेको आफन्त सिताराम राईले बताए। उनको गालामा लागेको गोलीले दाँत नै उछिट्याएको छ । यसअघि पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै भएको भिडन्तकाक्रममा बिमलको कार्तिक १५ गते मृत्यु भएको थियो।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv