Latest Updates :

लुटेको धनले चलेका माओवादी निकट मिडिया एमालेको चरित्र हत्या गर्न लागिपरेको छ : अध्यक्ष ओली


SHARE THIS POST :

मंसिर २३, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार खुलेआम देश बेच्न उद्धत भएको आरोप लगाएका छन् ।

बिहीबार एमाले मुख्यालय धुम्बाराहीमा बिभिन्न पार्टी छाडी एमाले प्रबेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् । उनले नेपालले आफै बनाउने निर्णय गरेको फाष्ट ट्रयाक, हुलाकी राजमार्ग लगाएत बिकाशका आयोजना नेपालले बनाउन नसक्ने भन्दै वर्तमान सरकार र सरकारका जिम्मेवार मन्त्रीहरु लागेको बताए । उनले पहिले पहिले यस्तो काम लुकिछिपी हुनेमा अहिले खुलेआम हुन थालेको समेत बताए ।


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकार प्रति निकै आक्रामक ढंगले प्रस्तुत भएका ओलीले आफुले प्रधानमन्त्री हुने बित्तिकै एक वर्षमा आधिकारिक रुपमा लोडसेडिङको अन्त्य गर्ने घोषणा गरेको र सोही अनुरुप कार्यओजना बनाई अघि बढेकाले अहिले लोडसेडिङ अन्त्य गर्न सफल भएको भन्दै सो कुरा वर्तमान प्रधानमन्त्रीले आफुले गरेको भन्नु हाँस्यास्पद रहेको पनि बताए ।

उनले आफ्नो भारत भ्रमणका क्रममा भारतबाट बिजुली ल्याउने सम्झौता गरेको र सोही अनुरुप बिजुली आयात गरेकाले पनि लोडसेडिङ आधारभुत रुपमा हटाउन सफल भएको बताए । अर्को प्रसंगमा ओलीले यो वर्षको हिउँद पनि भुकम्प पीडितले त्रिपाल मुनी नै बिताउनु पर्ने अवस्था आएको भन्दै आफ्नो सरकारले अघि सारेका कुनै पनि काममा वर्तमान सरकारले तिब्रता नदिँदा यो अवस्था आएको पनि बताए । पुर्व प्रधानमन्त्री समेत रहेका ओली वर्तमान सरकार, माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्ड बिरुद्ध लगातार प्रहार गरिरहे । उनले माओवादी केन्द्रको भद्धा केन्द्रिय कमिटी संख्या बारे ब्यङ्ग गर्दै भने – ’पार्टीको नामै माओवादी केन्द्र छ, जति छन् केन्द्रमै छन् तलतिर कोही छैनन् ।’ उनले अझ थपे – ’मलाई अचम्म लागेको छ माओवादी पार्टी तेत्रो ४ हजार जना कसरी पुगे ?’ साथै उनले प्रधानमन्त्री प्रचण्डले एमालेको भण्डाफोर गर्न आफ्ना कार्यकर्तालाई दिएको निर्देशन सुनाउँदै भने – लुटेका धनले चलेका माओवादी मिडिया एमाले बिरुद्ध लागेको र पार्टी तथा ब्यक्तिको चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको बताए । साथै त्यसले आफु र आफ्नो पार्टीलाई कुनै असर नगर्ने पनि बताए ।

उनले वर्तमान सरकारले अरु कसैको आदेशमा संविधान संसोधन प्रस्ताव दर्ता गरेको बताउँदै यो कुनै पनि हालमा सफल नहुने बताए । उनले भने जुन ठाँउको सिमाङ्कन परिबर्तन गरिएको छ त्यहाँको न त जनता त्यो चाहन्छन् न त जनप्रतिनिधी, अनि कस्का लागि सिमाङकन परिवर्तन ? वर्तमान प्रधानमन्त्री प्रचण्डले पहिचानको उग्र नारा लगाएको भन्दै आक्रोस पोखे । उनले भने पहिचानका उग्र नारा लगाउनेले भारत भ्रमणमा जाँदा कहाँको पहिरन लगाए ? उनले अझै थपे लगाउन जान्ने भए पट्याउन नमिल्ने सेतो कपडा धोती तिर संकेत गर्दै यहाँ नाम भन्न मिल्दैन लगाएर जान्थे नजानेर मात्र ।

अध्यक्ष ओलीले बर्तमान सरकार संविधान कार्यान्वयन गर्न र निर्वाचन गर्न कुनै काम नगरेको बताए । वर्तमान सरकार सासन चलाउन होईन संक्रमण काल अन्त्य गर्न र निर्वाचन गराउनका लागि हो, निर्वाचन मिति घोषणा गरेर संविधान कार्यान्वयन नगराउने हो भने सरकारको कुर्सीमा बस्ने नैतिकता यो सरकार संग रहँदैन । उनले आफ्नो सरकारले निर्माण गरेर अन्तिम चरणमा पुर्याएको निर्वाचन सम्बन्धि कानुन गृह मन्त्रालयको घर्रामा थन्क्याएको भन्दै निर्वाचन कानुन निर्माण गर्न सरकारले केही नगरेको समेत बताए ।

उनले अझै थपे काँग्रेस माओवादीको यो सरकारले देश अगाडि बढाउन सक्दैन, देशलाई गति दिन एमाले सरकारमा जानु पर्छ, पत्रकार तर्फ संकेत गर्दै भने देख्नु भएन गियर फसेर बसेको । यसो भनिरहदाँ एमालेलाई सरकारमा जान हतारो परेको भान पर्ला त्यो कदापी होईन हामी जनताको म्याण्डेट लिएर मात्र सरकारमा जान्छौँ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv