Latest Updates :

डिभी परेका सयौं नेपालीको अमेरिका जाने सपना यसरी भयो चकनाचुर !


SHARE THIS POST :

आर्थिक बर्ष २०१६ का लागि ३८०१ जना नेपालीहरुलाई डिभी लोटरी परेपनि ५ सय ५४ जना डिभी विजेता नेपालीहरु भिसा पाउन अयोग्य भएका छन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले यसैसाता सार्वजनिक गरेको विवरण अनुशार सन् २०१६ का लागि डिभी परेरपनि ५५४ जना नेपालीहरु अमेरिका आउन पाएनन् । अरु डिभी लोटरी विजेता नेपालीहरुले सन् २०१५ को अक्टोबरदेखि सन् २०१६ को सेप्टेम्बरसम्म भिसा पाएपछि बाँकी ५ सय ५४ जना डिभी विजेता नेपालीहरुलाई भने भिसाका लागि अयोग्य ठहराइएको थियो । यसअघि सन् २०१६ का लागि डिभी लोटरी जितेका कम्तीमा ३ सय नेपालीहरु भिसाका लागि अयोग्य हुने अनुमान गरेको थियो । तर त्यो भन्दा पनि धेरै नेपालीहरु भिसाका लागि अयोग्य भएका छन् ।

संसारभरबाट डिभी लोटरी विजेताहरुमध्ये ५० हजारका लागि भिसा उपलब्ध हुने नियम छ । जसअनुशार एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने अमेरिकी सरकारको नियम रहेको छ । तर डिभीको छनौट प्रकृयामा कैयन व्यक्ति अयोग्य हुने भएकाले उपलब्ध हुने भिसा नम्बर भन्दा धेरैलाई लोटरी पार्ने गरिन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv