Latest Updates :

श्रीमतीको हत्यापछि थापाले गरे आत्महत्या


SHARE THIS POST :

९ पुस, भक्तपुर । विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरेका छन् ।

 शनिबार दिउँसो ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि महानगरीय प्रहरी प्रभाव खरिपाटीलाई आफूले श्रीमतीको हत्या गरेको र विष सेवन गरेको जानकारी गराएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । प्रहरीले तत्कालै घटनास्थल पुगेर विष सेवन गरेका थापालाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 प्रहरीले बुनाको माइती पक्ष आएपछि साँझ मुचुल्का गरेर शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको जानकारी दिएको छ । छोरीको विवाह भइसकेको र छोरा अस्टे«लिया रहेको थापा दम्पत्तिबीच घरायसी कारणबाट हत्या र आत्महत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेकोे प्रसाईंले जानकारी दिए । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv