Latest Updates :

माधव नेपाल पत्नी गायत्री टर्कीमा पक्राउ, पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा


SHARE THIS POST :

काठमाडौं २० दिनअघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमानजनक ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री उक्त घटनाको पीडाले अझै रन्थनिइरहेकी छन् ।
आफूमाथिको घटना संयोग या षड्यन्त्र जे पनि हुनसक्ने भन्दै उनले यथार्थ बाहिर नआएसम्म केही नबोल्ने बताएकी छन् । मंसिर ११ देखि सुरु हुने वर्ल्ड पिस फाउण्डेसनको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री नेपाल, पत्नी गायत्रीसहित ९ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । तर काठमाण्डुबाट टर्कीसम्म सामान्य अवस्थामा पुगेकी गायत्रीले त्यहाँ भने निक्कै कष्ट ब्यहोर्नुपरेको थियो ।

गायत्रीको पासपोर्टमा सुरक्षा निकायले प्रश्न उठाएपछि उनले इस्तानबुलकै अध्यागमनमा २० घन्टा थुनिनुपर्योन ।
न्यूयोर्क उड्न विमानको प्रतिक्षा गर्दै इस्तानबुल विमानस्थलको विजनेश कक्षमा बसुन्जेल गायत्रीलाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहा थिएन ।



गायत्रीको पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा रहेको देखिएपछि उनीमाथी टर्किस प्रहरीले शंका गरेको थियो । कुटनीतिक राहदानी बोकेको र आफू पूर्वप्रधानमन्त्री पत्नी भएको बताउँदा पनि अध्यागमनले छोड्न मानेको थिएन ।
तर नेपालको प्रहरी र अमेरिकास्थित दूतावासको सक्रियतामा इन्टरपोलमार्फत उनलाई क्लियरेन्स आएपछि २० घण्टापछि उनी अमेरिका उडेकी थिइन् । अन्नपूर्ण पोस्टबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv