सन् २०११ देखि सिरियामा जारी रहेको गृहयुद्व साम्मे भएका छन् । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले गत मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कको आधारमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको छ । र, यसमध्ये ९० हजार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।
लडाईपछि सरकारी पक्षले सिरियाको ‘अलेप्पो’ सहरमा सम्पूर्ण भाग नियन्त्रणमा लिएपछि हजारौ स्थानीय बासिन्दा र विद्रोही पक्षका व्यक्तिहरुले बिहीबार एलेप्पो छोडेका छन् । सिरियामा सन् २०११ को मार्च महिनामा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
विद्रोही पछि हट्ने सम्झौतापछि सर्वसाधारण र विद्रोही पक्षलाई सिरियाको एलेप्पो सहरबाट बाहिर निकालिएको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिकाअनुसार उद्धारकार्यको लागि अझै केही दिन लाग्ने छ । सुरक्षाकर्मीको तीनवटा जत्थाले एलेप्पो सहरबाट सर्वसाधारण, लडाकूहरु, र तीनका परिवारलाई बस र एम्बुलेन्समा उद्धार गरेका छन् ।
सिरियास्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुख मारिन्ने गस्सेरले भने, ‘बालबालिकासमेत गरी करिब तीन हजार नागरिकलाई एलेप्पो सहरबाट उद्धार गरिएको छ ।’ ती मध्ये ४० जना घाइतेलाई पनि उद्धार गरिएको उनले जानकारी दिएका छन् । विद्रोहीले नियन्त्रण गरेको क्षेत्रलाई सरकारी सुरक्षाकर्मीहरुले यसै हप्ता आफ्नो नियन्त्रणमा लिएका हुन् । राष्ट्रपति बसर अल असदले एलेप्पोले इतिहास रच्ने बताएका छन् ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले गत मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । यस द्वन्द्वको कारण लाखौं व्यक्ति घाइते भएका छन् भने, लाखौ आफ्नो देश या विदेशका शरणार्थी जीवन विताउन वाध्य छन् । एएफपी
Post a Comment