Latest Updates :

दीपकराज र दीपाश्री ‘डिप लभ’ मा


SHARE THIS POST :

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ । दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन् । दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन पूरा गरेको छ । दीपकराज नाट्यकर्मी, आरजे, हास्यअभिनेता हुँदै निर्माता बनेका छन् । साढे दुई दशकदेखिको उनीहरूको सम्बन्ध फेरिएको छैन । ‘रिल लाइफ’ मा मात्र होइन, ‘रियल लाइफ’मा पनि उनीहरू धेरै निकट छन् । अझ भनौँ, पर्दामा देखिएजस्तै साँच्चै दीपकराज–दीपा श्रीमान्–श्रीमती नै हुन् कि भन्ने धेरैमा भ्रम देखिन्छ । उनीहरू एक–अर्कालाई केयर गर्छन्, सम्मान गर्छन् र माया पनि गर्छन् । उनीहरू मान्दैनन् कि माया सिर्फ विवाहका लागि गरिन्छ । दुवैको स्पष्ट धारणा छ, ‘विवाहभन्दा माथि पनि सम्बन्ध हुन्छ । हो, हामीबीच त्यही सम्बन्ध छ ।’ अर्थात् उनीहरूबीच ‘डिप लभ’ छ ।

दीपाश्रीमा हिरोइन र दीपकराजमा हिरो बन्ने चाहना झन्झन् उत्कर्षमा पुग्दै थियो। ०५२ सालको एक दिन दीपकराजले दीपाश्रीलाई एउटा प्रस्ताव राखे, ‘मैले रामविलास र धनियाँको कार्यक्रमको तयारी गरेकोे छु, तिमीजस्तै क्यारेक्टर खोजिरहेको थिएँ। तिमी धनियाँ बनिदिनुपर्‍यो।’ दीपाले भनिन्, ‘त्यस्तो क्यारेक्टर गर्न मैले कहाँ सक्छु र ?’ तर, दीपकराजले कन्भिन्स गराइछाडे र उनीहरूले सुरु गरे, रेडियो नेपालमा अर्को नाटक रामविलास–धनियाँ।

नाटकमा दीपकराज गरिब हुन्थे भने दीपा असाध्यै धनाढ्य। उनीहरू प्रेमी–प्रेमिका थिए। रामविलासले गरिब भएका कारण धनियाँलाई बिहे गर्न सकेका हुँदैनथे। धनियाँको बुबाआमाले धेरै सम्पत्ति भएको केटा खोज्थे। रामविलास भन्थ्यो, ‘म पैसा कमाएर ठूलो घर बनाएपछि बिहे गर्छु है।’ धनियाँले भन्थिन्, ‘छिटो बिहे गर्नुप¥यो। यत्रो नाटक गरिएको छ, रेडियोमा काम गरिरहेका छौँ। अब त पुगेन र ?’ नाटकको स्क्रिप्ट दीपकराज लेख्थे। त्यो कार्यक्रम रेडियो नेपालकै सबैभन्दा चर्चित थियो।
‘स्रोताहरूले हामीलाई साँच्चिकै प्रेमी–प्रेमिका ठान्दा रहेछन्,’ दीपाश्रीको अनुहारमा आश्चर्यको भाव झल्कन्छ, ‘बोराका बोरा चिठी आउँथे। तीन–चार घन्टा लगाएर चिठी छान्थ्यौँ। र, उत्कृष्टलाई वाचन गथ्र्यौं। मलाई त चिठी फाल्न पनि माया लाग्थ्यो।’ पछि त उनीहरूलाई कार्यक्रमको स्क्रिप्ट नै आवश्यक परेन। उनीहरू नाटकमा साँच्चिकै प्रेमी–प्रेमिका हुन्थे। प्रेममै डुब्थे। जुन अभिनय श्रोताले निकै मन पराएका थिए। त्यो कार्यक्रमले उनीहरूलाई थप नजिक्यायो। दीपाश्रीले दीपकराजजीबाट दीपकराज भन्न थालिन्। दीपकराज भने दीपाजी नै भनी सम्बोधन गर्थे।

बिस्तारै दीपाश्री दीपकराजप्रति आकर्षित हुन थालिन्। दीपकराजले पनि दीपालाई निकै केयर गर्न थाले। नारीप्रतिको सम्मान देखेर दीपाश्री उनीप्रति नतमस्तक नै थिइन्। त्योभन्दा बढी दीपकराजको लेखन कला र ‘कन्भिन्सिङ पावर’प्रति बढी प्रभावित थिइन् दीपाश्री। ‘उसको केयर गर्ने शैली अर्कै प्रकारको थियो,’ दीपाश्री भन्छिन्। दीपाश्री र दीपकराज चार वर्ष रेडियो नाटकमा मात्र सीमित रहे। त्यसपछि दीपाश्रीले देवीलगायतको सिरियलमा अभिनय गर्न थालिन्। दीपकराज पनि ट्वाक्क टुक्क, काउकुती, तैं चुप मै चुपलगायतका सिरियलमा अभिनय गर्न थाले। अाजकाे  नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv