Latest Updates :

हात्तीको आक्रमणमा परी बर्दियामा एकजनाको मृत्यू, दुईजना घाइते


SHARE THIS POST :
विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज, १३ पौष । जंगली हात्तीको आक्रमणमा परी बर्दियामा बुधबार एक जनाको मृत्यू भएको छ । एकाविहानै बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणमा परी मनाउ गाविस–५, पर्सेनीपुरकी करिव ३२ बर्षीया विमला परियारको मृत्यू भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए । राष्ट्रिय निकुञ्जबाट आएका ३ वटा हात्ती मध्ये एउटाले गाउँमा आतंक मच्चाउँदै घरमा रहेका ३ जनामाथि आक्रमण गर्दा एकजनाको घटनास्थलमै मृत्यू भएको थापाले बताए । जंगली हात्तीको आक्रमणमा परि सोही ठाउँका राम प्रसाद लामिछाने, १४ बर्षीय दिनेश सिंह ठकुरी घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । उक्त हात्तीको समूहले पर्सेनीपुरका सर्वसाधारणको ४ वटा घर भत्काउनुका साथै पशु चौपायालाई समेत आक्रमण गरी घाइते बनाएको स्थानीय ठाकुर प्रसाद थारुले जानकारी दिए । उनले वितन्डा मच्चाउने हात्तीलाई निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले बल्लतल्ल धपाएको समेत बताए । ‘सेनाको टोलीले समेत धौ–धौ धपायो,’ उनले भने । गाउँमा पसेर वितन्डा मच्चाउने हात्ती हात्ती भारतको दुधुवा नेशनल पार्कतर्फ गएको उनले बताए । हात्तीले मानविय क्षति पु¥याएपछि त्यहाँका बासिन्दा आतंकित भएको बताउँदै उनले रातभर जाग्राम बस्ने अवस्था सिर्जना भएको बताए । मनाउका बासिन्दा भारतको दुधुवा नेशनल पार्क र बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती लगायत जंगली जनावरबाट पीडित छन् । ‘खेतवारीको अन्नवाली जंगली जनावरले खाएर सखाप पार्छ नै घरमा भएका पशुचौपाया र मानिसलाई समेत आक्रमण हुँदै आएको छ,’ थारुले भने, ‘एकातिर जंगली जनावरबाट पीडित छौँ भने अर्कोतिर गेरुवा र कर्णाली नदीका कारण पीडित छौँ ।’ बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि यो समेत ३६ जनाको मृत्यू भएको छ । भने सय बढि घाइते भएका छन् । ‘यसपटकको घटना ३६ औँ हो,’ थापाले भने । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा गत भदौँ ३१ गते एकैदिन सूर्यपटुवा गाविसका २ जनाको मृत्यू भएको थियो । हात्तीको आक्रमणले सूर्यपटुवा गाविस–१ का १४ बर्षीय यूवराज थारु र सोही गाविस वडा नं. ४ का ७४ वर्षीय पुरै थारुको मृत्यू भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv