Latest Updates :

म सलमान खानसंग डेटिङ जान चाहान्छु -नेपाली नायिका पुजना प्रधान


SHARE THIS POST :

अभिनेत्री मात्र भन्दा अधुरो हुन्छ पुजना प्रधानको परिचय । उनी निर्माता तथा समाजसेवी पनि हुन् । कहिले कहिले उनले आफ्नो थर स्त्री पनि लेख्ने गरेकी छन् । नेपाली चलचित्र क्षेत्रमा उनको दर्बिलो परिचय अभिनेत्रीको बनेको छ । उनले यस क्षेत्रमा थुप्रै चलचित्र दिएकी छन् । तीमध्ये केही हिट भएका छन् त केही फ्लप । ग्ल्यामरको मामिलामा सजिलै खुल्ने अभिनेत्री हुन् उनी । उनको बिन्दास जस्ता एक से एक हट दृश्य भएका चलचित्र पनि आएका छन् भने श्रीमान जस्तो समाजिक चलचित्र पनि आएका छन् । केही पहिले आफ्नै निर्माण अभिनयमा ‘चकलेट’ सार्वजनिक गरेकी पुजना अहिले अर्काे चलचित्र निर्माणको तयारीमा छिन् । प्रस्तुत छ यिनै अभिनेत्री पुजनालाई रातोपार्टीको दस प्रश्नः


फेसनप्रति कत्तिको चासो छ ?
चासो राख्ने गरेकी छु । मलाई चलनचल्तीकै फेसन मनपर्छ । अरुले कस्तो देख्ला, के भन्लाभन्दा पनि आफूलाई कम्फर्टेबल हुने खालको परिहन लगाउन मन पर्छ मलाई । म अक्सर मलाई जिन्स पाइन्ट र टिसर्ट लगाउँछु ।

मेकअपमा धेरै समय लाग्छ होला हैन ?
कहाँ जान लागेको भन्ने कुरामा भर पर्छ । प्रायः आधा घण्टा त लागि हाल्छ नि । मेरो अर्ली फेस भएकाले प्रायः सन ग्लब्स र पाउडर मात्र लगाउँछु । गाजल लगाउन पनि मनपर्छ । यसले मलाई राम्री देखाउँछ ।

फिटनेस गर्नुहुन्छ, कि हुँदैन ?
गर्ने गरेकी छु । म दैनिक योगा गर्छु । जिम पनि जाने गरेकी छु । हप्तामा २, ३ दिन मात्र जिम जान्छु । अन्य समय योगाले नै चलाउँछु ।

मोबाइल कस्तो बोक्नु हुन्छ र के–के गर्नुहुन्छ ?
आइफोन सेभेन प्लस बोक्छु । फोन गर्नुको अलवा फोटो खिच्छु, इन्टरनेट चलाउँछु । समाचारहरु हेर्छु । मेरा प्रायः काम मोबाइलबाट हुन्छ भन्दा फरक पर्दैन ।

तपाईंलाई कस्तो पुरुष आकर्षक लाग्छ ?
सिम्पल पुरुष नै आकर्षक लाग्छ । बानी बेहोरा राम्रो भएको, डिसिप्लेन भएको सिम्पल, केटीलाई इज्जत गर्ने पुरुष मेरो विचारमा राम्रो पुरुष हो ।

घुम्न मन पर्ने ठाउँ नि ?
मलाई पोखरा सारै रमाइलो लाग्छ । फ्री समय भएपछि म पोखरा पुग्ने गर्दछु । त्यसपछिको भनेको थाइल्यान्ड मनपर्छ ।

पूरा नभएको सपना के हो ?
मेरो आफ्नो नाममा काठमाडौँ घर किन्ने सपना छ । त्यो अहिलेसम्म पूरा भएको छैन । त्यसलाई पूरा गर्न लागि परेकी छु ।

पर्समा पैसा बोक्ने बानी छ कि छैन, कति बोक्नु हुन्छ ?
खासै बोक्दिन भन्दा पनि हुन्छ । बाहिर सपिङमा जाँदा एटिएम प्रयोग गर्ने गरेकी छु । धेरै समय दस पन्ध्र हजार पर्समा टुट्दैन ।

रोजेको ब्याक्तिसँग डेटिङको अवसर मिल्यो भने ?
म सलमान खानसँग जान चाहन्छु । मलाई सबैभन्दा मनपर्ने हिरो भनेको सलमान खान हुन् । उनको चलचित्र पनि मैले नछुटाई हेर्ने गरेकी छु ।

सबैभन्दा दुःखी र खुसी भएको क्षण ?
दुई महिना पहिले मेरो दाइ ठुलै मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो । यो बेला म सबैभन्दा दुखी भए । खुसीको क्षण जहिले पनि छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv