Latest Updates :

ऐश्वर्या यति धेरै राम्री किन ? रेखाले खोलिन् राज....


SHARE THIS POST :

एजेन्सी ,ऐश्वर्या राय बच्चनलाई नचिन्ने सायदै कोही होला । उनको चिटिक्क परेको अनुहार र निलो आँखाले उनलाई बलिउडका अरु नायिकाभन्दा भिन्न र राम्री देखिन सधाएको छ । विभिन्न कारणवश चर्चामा आइरहने उनी आजकाल उनको नयाँ फिल्म ‘ए दिल हे मुश्किल’ का कारण थप चर्चामा छिन् । यही चर्चाका बिच उनी गत शनिबारको फिल्मफेयर अवार्डमा सहभागी हुन पुगिन् । जहाँ उनीसँगै बलिउडका अन्य हस्ती अमिताभ बच्चन, जीनत अमान, रेखालगायत सहभागी थिए । तर त्यहाँ उपस्थित मानिसहरुको नजर भने ऐश्वर्यामाथि अडिएको थियो । रेड कार्पेटमा कालो गाउन लगाएकी ऐश्वर्यालाई हेर्नेहरु हेरेको हेर्यै भए ।

उक्त अवार्ड कार्यक्रममा ऐश्वर्याले फिल्म ‘ए दिल हे मुश्किल’ का लागि ‘मोस्ट ग्ल्यामरस स्टार (फिमेल)’ को उपाधि हात पारेकी थिइन् । उनलाई उक्त सम्मान बलिउडकी अर्की डिभा रेखाले दिएकी हुन् ।

यी दुबै अभिनेत्रीबिच एउटा गहिरो सम्बन्ध भएको विभिन्न सार्वजनिक कार्यक्रममा पटक– पटक देख्न पाइन्छ । उनीहरुबिचको विशेष नाता उक्त अवार्ड कार्यक्रममा पनि देखिएको थियो । ऐश्वर्यालाई उपाधि हस्तान्तरण गर्र्दै रेखाले ऐश्वर्या राम्री हुनुको राज खोलिन् । उनले भनिन्, ‘जब ऐश्वर्या जन्मिन लागेकी थिइन् तब उनकी आमाले लगातार मेरो फोटो हेरिरहन्थिन् र अहिले नतिजा यस्तो आयो ।’ हुन त रेखाले यो कुरा ठट्टा गर्दै भनेकी हुन् । रेखाले ऐश्वर्यालाई यसो भनिरहँदा कार्यक्रममा सहभागी अमिताभको अनुहारमा मुस्कान छाएको थियो ।

यद्यपी, ऐश्वर्या र रेखा एउटै मंचमा उभिएको यो पहिलो पटक होइन । यसै वर्ष एक अवार्ड कार्यक्रममा ऐश्वर्याले रेखाबाट उपाधि पाएपछि भनेकी थिइन्, ‘आमाको हातबाट यो अवार्ड पाउनु मेरो लागि सौभाग्यको कुरा हो ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv