भारतको अरुणाचल राज्यको लोअर दिबांग क्षेत्रमा मानव अवशेष अमेरिकी टोलीले ४०० मानब कंकाल फेला परेको छ ।
म्यानमार र चीनको सीमा नजिक भारतीय सिमा क्षेत्रमा फेला पारिएको उक्त कंकाल अमेरिकी सैनिकको अवशेष हुन सक्ने अनुमान गरिएको छ ।फेला परेका मानब अवशेष पहिचान गर्ने प्रयास भइरहेको छ ।
दोस्रो विश्वयुद्धका बेला जापानसँगको लडाईमा चीनको सहयोगका लागि आएका अमेरिकी सैनिक रहेको बताइएको छ । उक्त युद्धका बेला सोहि स्थानमा अमेरिकाको एक सैन्य विमान दुर्घटना भएको बताइन्छ ।
अमेरिकी वाणिज्यदूतावासका अनुसार भारत सरकारले अनुमति दिए उक्त अवशेष परीक्षणका लागि पठाइने छ ।
Post a Comment