काठमाडौं । विश्वमा कस्ता कस्ता घटना हुन्छन्, सुन्दा पनि आङ नै जिरिंग हुन्छ । लाग्छ, यो घटना सत्य नहोस् । तर, कामना गरेर मात्र हुने पनि होइन ।
एजेन्सीहरुका अनुसार ब्राजिलमा हालै एउटा यस्तो घटना भयो, जुन घटनाले मानिस कतिसम्म क्रुर र आततायी बन्दैछन् भन्ने देखाउँछ । त्यहाँका एक निःसन्तान दम्पतीले एउटी गर्भवती महिलालाई अपहरण गरेर उनको पेटबाट बच्चा चोर्ने प्रयास गरेका छन् । आफूहरुबाट बच्चा नजन्मेपछि विक्षिप्त बन्दै आएका ती निःसन्तान दम्पतीले बच्चाका लागि सो काम गरेपनि बच्चा प्राप्ति गर्ने उनीहरुको प्रयास भने सफल हुन सकेन ।
बच्चा चोर्न उनीहरुले ती गर्भवती महिलाको चक्कुले पेट चिरेका थिए । तर, दुर्भाग्य, गर्भवती महिला र उनको पेटमा रहेको बच्चाको मृत्यु भयो ।
प्रहरीका अनुसार २१ वर्षीया थाइना दा पिन्टो र उनका श्रीमान फाबियो लुइज लिमाले दुई साताअघि २२ वर्षीया गर्भवती रायन्नी क्रिस्टिनी कोस्टालाई बच्चाकै लागि अपहरण गरेका थिए ।

Post a Comment