Latest Updates :

युवा संघ केन्द्रिय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर


SHARE THIS POST :
बिजपाटी संवाददाता  30 December, 2016

नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको घटना सेलाउन नपाउदै संघका अर्का नेता माथि हत्या प्रयास भएको छ । युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि हत्या प्रयास भएको हो ।

बुढाथोकीमाथि बिहिबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहार गरेर हत्या प्रयास गरेको युवा संघले जनाएको छ । खुकुरी प्रहारबाट  बुढाथोकीको घांटीमा गहिरो चोट लागेको छ भने उनको अवस्था गम्भीर छ । बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ ।   युवा संघले खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै संघले घटनाको प्रतिकार गर्ने बताएको छ  ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv