Latest Updates :

क्रिसमस मनाउने क्रममा वीरगञ्ज जेलमा अन्धाधुन्द चक्कु प्रहार


SHARE THIS POST :

वीरगन्ज, ११ पुस - क्रिसमस मनाउने क्रममा छुरा हानाहान हुँदा वीरगन्जमा पाँचजना घाइते भएका छन्। वीरगन्जस्थित कारागारमा आइतवार साँझ क्रिसमस मनाउने क्रममा छुरा हानाहान हुँदा पाँचजना बन्दी घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
छुरा लागेका पाँजमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ। झुम्का क्षेत्रीय कारागारबाट तीन महिनाअघि वीरगन्ज ल्याइएका रौतहट जिल्लाको पिपरिया गाविस निवासी बन्दी तथा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्व कार्यकर्ता पनिलाल पण्डितले छुरा हान्दा पाँचजना घाइते भएका हुन्।
घाइतेमध्ये वीरगन्जकै घडीअर्वा निवासी राजन बानियाँको अवस्था चिन्ताजनक रहेको छ । बानियाँको गर्दनमा छुराले लागेको थियो। पण्डितले छुरा हान्दा बन्दीहरु आरिफ मियाँ, वृजकिशोर शर्मा, जयराम लामा र दिपेन्द्र सुमन घाइते भएका छन्।
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । चिन्ताजनक अवस्था रहेका बानियाँलाई भने थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिसकिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जनाए।
चारजना अरु घाइतेको भने नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि जेलमै लगिएको छ । कैदीहरुले कारागारभित्रै क्रिसमस डे मनाइरहेका थिए । त्यही क्रममा आइतवार साँझ ६ बजेको समयमा यो घटना भएको कारोबार दैनिकमा खबर छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv