Latest Updates :

हामीले थाहा नपाएको ‘क्रिसमस रूख’को कथा


SHARE THIS POST :

क्रिसमस ताका हामीले सजाउने र देख्ने गरेका क्रिसमस ट्रीको बारेमा जानकार त छौँ। तर, यसको इतिहाँसग जोडिएको कथाको बारेमा जानकार छौँ कि छैनौं?
क्रिश्चियनहरूले मनाउने चाड क्रिसमस र क्रिसमस ट्रीको कथा हजार वर्षभन्दा पुरानो इतिहाससँग जोडिन्छ। यो परम्परा कसरी सुरू भयो भन्ने इतिहाँस भने देखिदैन। तर, यो सँग जोडिएका कथाहरु भने प्रशस्त भेटिन्छन्।
उत्तरी यूरोपबाट सुरू भएको मानिएको क्रिसमसलाई पहिले यसरी मनाइँदैन थियो। बाटोमा जुन रूख भेटियो त्यसैलाई ल्याएर सजाएर राखिन्थ्यो। पिरामिड आकारमा पाइने जुनसुकै रूखहरुलाई क्रिसमस ट्रीका रुपमा प्रयोग गरिन्थ्ये। त्यो बेला चेरीको रूखलाई क्रिसमस ट्रीका रुपमा बढी प्रयोगमा ल्याइने गरिन्थ्यो।
क्रिसमस ट्रीको ब्यवस्था गर्न नसक्नेहरु वा पिरामिड आकारको रुख नभेटाउनेहरुका लागि पनि बिकल्प थियो। घरमा भएका फलफूल, तरकारी वा गमलामा फुलेका फूललाई पिरामिड आकारमा सजाएर त्यसैलाई क्रिसमस ट्रीका रुपमा मनाउँने चलन थियो।
क्रिसमस ट्रीको सुरू कसरी भयो भन्ने बारेमा धेरै कथाहरु भेटिन्छन्।
इंल्याण्डमा बसोवास गर्ने बोनिफेस जव इंल्याण्डमा छाडेर जर्मनी पुगे। त्यतिखेर जर्मनीमा स्थानीयहरु भगवानलाई खुसी पार्न मानव बलि दिने गर्थे। बालबालिकाहरुलाई ओक नामक रुखको फेदमा बलि दिने गरिन्थ्यो। यो प्रक्रिया दोहोरिदै गएको बोनिफेसले धेरै हेर्न चाहेनन्। एक स्थानीयले बलिदिने गरेको रुखलाई बोनिफेसले काटिदिए। र, काटिएको रूखमाथि अर्को हरियो रूख जोडे –‘यो भगवान यसूको जन्म भएको स्थान हो यसमा पूजा गरौँ,’ भने। त्यसपछि उक्त जोडिएको रुखलाई स्थानीयहरू फूल माला चढाएर पूजा गर्न थाले।
विस्तारै मान्छेहरु उक्त रुखमा जानुको सट्टा घरमै रूख ल्याएर क्रिसमस ट्रीका रुपमा पूजा गर्न थाले। यसरी क्रिसमस ट्रीको इतिहास सुरू भएको मानिन्छ।
क्रिसमस ट्रीसँगै जोडिएको अर्को कथा पनि छ।
हिँउ परिरहेको क्रिसमसको अघिल्लो दिन एउटा सानो बालक हराउँछन्। हिँउ परेको समय, चिसो हावा। घरको बाटो पत्ता नपाएर बालक बरालिन्छन्। निकैबेर हिँउमा हिँडेपछि बालकले एउटा घरमा आगो बलिरहेको देख्छन्।
हराएर आएको बालकलाई उक्त परिवारले खाना खुवाएर तातो बनाएर राख्छन्। र, रात परेपछि परिवारको सबैभन्दा सानो सदस्यसँग सुताउँछन्। तीनै बालक क्रिसमसको दिन क्रिश्चियनहरूका भगवान यसुको रूपमा बदलिन्छन्। बिहान यसूका रुपमा बदलिएका बालक बाहिर निस्कन्छन्। एउटा रूखको हाँगा भाँचेर ल्याएर चिसोमा सहयोग गरेर राख्ने उक्त परिवारलाई धन्यबाद दिन्छन्।
सोही दिनदेखि यसूको सम्झनामा क्रिसमस मनाउन थालिएको मानिन्छ। यद्यपी क्रिसमस ट्रीसँग यस्ता अन्य धेरै कथाहरु छन्।
सुरुताका क्रिसमस ट्रीमा यसूको फोटो राख्ने प्रचलन थियो। तर, बिस्तारै बिजुलीको विकास भएपछि बिभिन्न खाले लाइटहरु राख्ने प्रचलन बढेको हो।
अमेरिकामा क्रिसमस ट्रीको सुरुवात सन १८३० को लडाँइताका भएको मानिन्छ। सन १८४१ रानी भिक्टोरियाले क्रिसमस ट्रीलाई सजाएपछि बेलायतमा यसको लोकप्रियता बढेको थियो। त्यसको लगत्तै अमेरिकामा समेत क्रिसमस ट्रीले लोकप्रियता हाँशिल गरेको थियो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv