Latest Updates :

दशौं हजार नेपाली कामदारहरु समेत कार्यरत कतारमा विवादस्पद 'काफला' प्रणाली आजदेखि अन्त्य गर्ने घोषणा भएको छ।


SHARE THIS POST :

कतारले मंगलबारबाट लागू हुने गरी विवादस्पद 'कफाला' प्रणाली अन्त्य गर्ने घोषणा गरेको छ।
'कफाला' प्रणालीमा आप्रवासी कामदारहरुले खाइरहेको जागिर परिवर्तन गर्न वा देश छाड्न रोजगारदाताको अनुमति लिनुपर्ने बाध्यता थियो।
दोहास्थित सरकारी अधिकारीहरुले 'कन्ट्रयाक्ट'मा आधारित नयां प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा सुनिश्चित गर्ने बताएका छन्।
तर अधिकारवादी समूहहरुले नयां प्रणालीमा पनि कामदारहरु स्वदेश फर्कन रोजगारदाताको अनुमति चाहिने भन्दै असन्तुष्टि जनाएका छन्।
'दासप्रथा'
कतारको 'कफाला' प्रणालीलाई अधिकारवादी संघ संस्थाहरुले 'आधुनिक युगको दासता'का रुपमा चित्रण गर्दै आएका थिए।
सन् २०२२ को विश्वकप फुटबल खेलका लागि पूर्वाधारहरु बनाउन दशौँ हजार भारतीय, नेपाली र बांग्लादेशी कामदार अहिले कतारमा काम गरिरहेका छन्।
अधिकारवादी समूहहरुले एकदमै खराब काम गर्ने वातावरणका कारण कैयौँ कामदारहरुले ज्यान गुमाएको बताएका छन्।
तर दोहास्थित सरकारी अधिकारीहरुले अब उनीहरुले एकदमै आलोचित 'कफाला' प्रणालीलाई नयाँ कानुनले प्रतिस्थापन गर्न लागेको घोषणा गरेका छन्।
उक्त कानुनले रोजगारीमा थप लचकता अपनाउने र विदेशी कामदारलाई सुरक्षा दिने बताइएको छ।
तर अधिकारवादी संस्थाहरु भन्छन्, नयाँ कानुनलाई सुधारका रुपमा लिन मिल्दैन किनभने अझै पनि कादमारहरुले आफ्नो घर फर्कन रोजगारदाताकै स्वीकृति लिनुपर्छ।
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv