Latest Updates :

-भवन निर्माणको काम गर्ने क्रममा लडेर यी नेपाली युवकको जिंदगी नै अभिशाप बनिदियो।..पढ्नुहोस् पुरा समाचार


SHARE THIS POST :

आजभन्दा २९ महिना पहिले म नेपाल छोडेर युएई आएको पहिलो दिन एक जना झापाली मित्रसँग भेट भएको थियो । जीवनमा पहिलोपल्ट बिदेश आएको म त्यसमाथि नेपाली भेट्दा यो मन कति खुसी हुन्छ त्यो बिदेशमा आएका नेपालीलाई मात्र थाहा हुन्छ ।

ती मित्रले मलाई सुरुमा सोधे, घर कहाँ हो भनेर । मैले दाङ भनें । अनि उनले फेरि भने, के खान आ’को यस्तो पाजी कम्पनीमा म त नेपाल जान कोसिस गरिरा’को छु ।

उनको त्यो कुराले मन खिन्न भयो । साँच्चिकै नराम्रो कम्पनी परेछ कि क्या हो भन्ने पनि लाग्यो । केहीबेरपछि मैले उनलाई दाइ कति बर्ष भयो तपाईं यो कम्पनीमा काम गर्न लागेको भनेर सोधे । उनले ८ बर्ष भने । त्यसपछि मेरो पारो तात्यो ।

यदि कम्पनी साँच्चिकै नराम्रो भएको भए त्यो आठ/आठ बर्षसम्म के खान बसेको ? के तिम्रो जागिर चन्द्रमामा छ र आठ/आठ बर्ष लाग्ने नेपाल जान ?

नेपालमा साथीहरु भन्थे– बिदेशमा नेपालीलाई डिप्रेसनमा पार्ने, ठग्ने नेपाली नै हुन्छन् भनेर । मलाई उसको कुराले प्रष्ट पारिदियो ।

अनि आजभोलि मेरो फेसबुकको भित्तामा विभिन्न अनलाइन पत्रिकामा छापिएका लेखहरु देख्छु– जुन प्रायः जापान, कोरिया, युरोप र अमेरिकामा बस्ने नेपालीले लेखेका हुन्छन् । त्यसमध्ये केही दिन पहिले सेतोपाटी अनलाइनमा कोरियामा बस्ने एक नेपालीले यौटा लेख लेखेका थिए, कोरियामा जान चाहने नेपालीका लागि भनेर । उनको त्यो लेखमा कोरियामा धेरै दुःख हुने र कोरिया आउनभन्दा नेपालमै बसेर देश बिकासमा लाग्न अनुरोध गरेका थिए ।

आज म खाडीमा बसेर ती जापान, कोरिया र अमेरिकामा बस्ने नेपालीलाई भन्न चाहन्छु– यदि त्यस्तो दुःख भए तिमी फर्केर देखाऊ न त जापान, कोरिया र अमेरिकाबाट । तिमीलाई देशको र नेपालीको यत्रो माया लाग्छ भने किन बसेका छौ बिदेशमा ? अनि प्रदेशमा साँच्चिकै दुःख भोगेका छौ भने किन फर्कदैनौ आफ्नो देश ? देशमा रोजगार नमिलेर अनि व्यापार व्यवसाय नचलेर घर परिवारलाई छोडी केही कमाउला अनि जिन्दगी केही भए पनि सहज होला भन्ने सपना बुनेका बिचरा दाजुभाइहरुको मनमा किन तरङ्ग पैदा गर्छौ ?

हामीलाई नि थाहा छ नेपालको दुःख र बिदेशको दुःख । दुःख गरेर पारिश्रमिक पाउँछ भने जोसुकै जाओस् । मान्छेको मनमा डर देखाउने तिमी को हौ ? तिमी नेपाल फर्केर देखाउन सक्छौ ?

हो दुःख हुन्छ प्रदेशमा तर के नेपालमा बसेर केही गर्न नसकेका बिचरा बेरोजगार दाजुभाइहरुको मनमा पहिले नै डर पैदा गर्ने ? त्यस्तो दुःख छ भने तिमी के खान बसेका छौ त्यहाँ ?

हिजो कोरिया जानको लागि कलेज स्कुलको पढाइभन्दा कोरियन भाषाको किताबमा र पढाइमा रात दिन लागि प¥यौ । अनि हरियो डलरको सपना देखेर गैरकानुनी रुपमा नेपालबाट दुबइ, मेक्सिको र ग्वाटेमालाको जङ्गलै जङ्गल खाली खुट्टा हुँदै अमेरिकाको जेल परेर माओवादी पीडित अनि शरनार्थी भन्दै नेपाली नागरिकता त्यागी ग्रीन कार्ड समायौ अनि आज आफू ठाउँमा पुगेपछि नेपालीको मन भड्काउदै किन हिड्छौ ? के अरु नेपाली तिमी बसेको देशमा आएपछि तिम्रो मासिक तलबमा कटौती हुन्छ र ?

जो घरमा कुनै काम नगरीकन बसेको, उसको धेरै आवश्यकता बुबाको कमाइले धानेको, अल्छी उमावि तह पास गरेको बाबुको होटलमा एमडी भएको अनि कोरियन भाषा पास गरि कोरिया, युरोप पुगेकाहरु एकैचोटी १२ घण्टा खट्नु पर्दा तिरिमिरी झ्याँइ हुन्छन् अनि यस्तो दुनियाँ नाटकबाजी कुरा लेख्छन् ।

अर्को कुरा केहीले दुःख नि पाएका होलान्, त्यो हुन सक्छ । तर १ हजारमा २५ ले दुःख पाए भन्दैमा पूरै दुःख छ भन्न कतिको उचित हो ? त्यो २५ को समाधान खोज्नु पर्छ पूरै नकारात्मक कुरा रोजगारलाई दिनुभन्दा पहिले ।

बिदेशिनु रहर न तपाईलाई थियो न मलाई थियो अनि ती रात दिन मरिमेटी अर्काको भाषा सिकेर कोरिया जाउला पैसा कमाउला भन्ने नेपालीहरुलाई छ । सबैको आफ्नो–आफ्नो व्यथा छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv