सलमान खान बलिउडमा अहिले एक वक्सअफिस पावर हाउस हुन्। बलिउडका तीन खान मध्येका एक खान उनै सलमान खान हुन्। सलमान खान आफैमा एक फरक व्यक्तित्व हुन्। उनी राम्रा नराम्रा कामका कारण चर्चामा आइरहन्छन्। सलमानका केहि यस्ता पाटाहरु छन् जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ। यस्तै उनी बारेका केहि तथ्य यस्ता छन्:
१.उनी सानो छँदा पौडीबाज बन्न चाहेका थिए। एक अन्तरवार्तामा उनले भनेअुनसार स्कुल पढ्दा उनी पौडीमा च्याम्पियन बनेका थिए। अहिले बलिउडका च्याम्पियनजस्तै बनेका छन्।
२.उनका मन पर्ने अभिनेता सिल्भेष्टर स्ट्यालोन हुन् भने हेमा मालिनी मनपर्ने अभिनेत्री हुन्।
३.बाजिगरमा सलमानलाई फिल्म खेल्न अफर गरिएको थियो। उनलाई नकारात्मक चरित्र नगर्ने भनेपछि शाहरुख खानलाई सो भूमिकामा लिइयो। शाहरुख त्यस फिल्मबाट हिट भए।
४.सलमान जुत्ताका ब्राण्ड एम्बेसडर हुन्। तर, उनी खाली खुट्टा हिँड्न मन पराउँछन्।
५.सलमान विशेष पत्थर जडित ब्रासलेट लगाउँछन्। उनका पिता पनि यस्तै लकेट लगाउँथे। उनीहरु बाबुछोरा नै लकेट लगाउँदा भाग्यले साथ दिनेमा विश्वास गर्छन्।
६.सलमान बिएमडब्लु, मर्सिडिज बञ्ज र ल्याण्ड क्रुजर गाडी चलाउन मन पराउँछन्।
७.सलमानलाई चिनियाँ खाना औधि मन पर्छ। मुम्बईस्थित चिनियाँ गार्डन उनको खाना खाने अखडाजस्तै बनेको छ।
८.सलमान साबुनका सौखिन छन्। बाथरुममा हरेक किसिमका साबुन सजाएर राख्ने उनको बानि छ । उनी बिभिन्न वनस्पति र फलफ्ूलको बासना आउने साबुन मन पराउँछन्।
९.मुस्लिम संगठनले उनका दुई कुरालाई लिएर फतवा जारी गरेको छ। म्याडम टुसाडमा बनाइएको मैन मुर्ती र गणेश चतुर्थीमा सरिक हुने कुरालाई मुस्लिम संगठनले रुचाएको छैन र फतवा नै जारी गरेको छ । किनभने इस्लाम धर्ममा भगवानको कुनै आकृति बनाउन वर्जित छ।
१०. सलमान खानको पूरा नाम अब्दुल राशिद सलिम सलमान खान हो।
११. सलमानका पाँच भाइ-बहिनी (सलमान,अरबाज,सोहेल, अल्विरा तथा अर्पिता) छन् जसमध्ये सलमान जेठा छोरा हुन्।
१२. सलमानले सन् १९८८ मा बनेको 'बिबी हो तो ऐसी'बाट बलिउडमा डेब्यू गरेका हुन्। उनले मुख्य भूमिका गरेको पहिलो फिल्म भने सन् १९८९ को 'मैने प्यार किया' हो। हालसम्म उनले करिब ७६ फिल्ममा अभिनय गरिसकेका छन्।
Post a Comment