पुस ७
दाङको घोराहीबाट बुटवलका लागि छुटेको लु २ ख ७७६ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
१८ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर प्युठान खालाकी देउरी बिक, दाङसौडियारका चित्रबहादुर श्रेष्ठ र सतवरियाका कष्ण साहीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
घाइेतहरु मध्ये दुईजनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराही र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचारका क्रममा ज्यान गएको थियो । घाइतेहरु मध्ये १४ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि कोहलपुर पठाइएको छ ।
चार जनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दाङको घोराही-लमही सडकखण्ड अन्र्तगत लक्ष्मीपुर-१ मुसोटखोलाको उकालोमा बस सडकबाट एक सय मिटर भिरमा खसेको छ
Post a Comment