मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार ब्यबसायबाट फाइदा हुने समय छ । आँटेका काममा धेरैले सहयोग जुटाउनेछन । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुहरू पराजित हुनेछन । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण काममा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन र आंशिक सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुने देखिन्छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु पूरा हुनेछन । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती पछाडी काम बनाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी प्रशस्तै बढ्नेछ । गरेको काममा सफलता मिल्नेछ । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । लगनशीलताले नयाँ कामको अवसरसमेत दिलाउन सक्छ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ब्यापार ब्यबसायबाट सफलता मिल्नेछ । हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिएका अधुरा कामहरु बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन्र हौसला मिल्नेछ ।
-
Post a Comment