माओबादी संग रेखाको के थियो असन्तुष्टी , रेखा किन प्रबेश गरीन राप्रपामा
शान्ती सम्झौता पछि माओबादी सार्बजनिक भए संगै धेरैको आकर्शणमा माओबादी पार्टी पर्यो ।नेपाली चलचित्र क्षेत्रमा सक्रीय कलाकारहरुको ठुलै झुण्ड टीकालगायरै माओबादीमा प्रबेश गरे ।ति मध्य एक थिइन नायिका रेखा थापा पनि ।उनको सम्मलग्नता माओबादी सक्रीय भएका गतिबिधिहरुमा देख्न पाइन्थ्यो ।माओबादीको पार्टीले सरकारको नेतृत्व गरी रहेको समयमा नायिका रेखा थापा चलचित्र बिकास बोर्डको अध्यक्ष हुने चर्चा पनि खुबै चल्यो ।२०७० सालको सम्बिधान सभाको निर्बाचनमा रेखाले सभासदको टीकट पाउने चर्चा अन्तीम समय सम्म भयो ।तर अचानक उनै नायिका रेखा राप्रपामा प्रबेश गरेकी छिन ।राप्रपामा गरेको प्रबेश संगै राप्रपा पहीले देखीनै भएको पनि बताउदै अब राजनैतिक यात्रा राप्रपा बाट शुरु भएको उनले बताएकी छिन ।माओबादी पार्टीमा रहेको सम्लग्नता बारे प्रस्टाउदै देशमा आएको नयाँ परीबर्तनको लहरलाई स्वीकारदै माओबादीका क्रीयाकलाममा सम्लग्न भएको भए पनि औपचारीक रुपमा सदस्यता सहीतको प्रबेश नरहेको उनले बताईन ।माओबादीमा आबद्ध भएको चर्चा चलेपनि सदस्यता नलिएको कुरा रेखाले राप्रपा प्रबेशको बेला पटक पटक दोहोराएकी थिइन ।उनि जस्तै अरु कलाकार करीष्मा मानन्धर,भुबन केसी लगायत बेग्ला बेग्लै पार्टीमा आबद्ध छन । पहीले माओबादी पार्टीमा भएको भनिएकी रेखा अहीले औपचारीक रुपमा किन राप्रपा गइन त भन्ने चर्चा पनि हुने गरेको छ ।माओबादी पार्टीमा सदस्य समेत नरहेको कुरा उनि आफैले प्रस्टाइ रहदा उनको निकटता माओबादी संग केही हद सम्म थियो भन्ने देखाउने उदाहरण हरु चाई प्रस्ट छदै छन । के कुरा त्यस्तो थियो त जसको कारण रेखा थापा माओबादी पार्टी संग सन्तुष्ट भइनन ।सायदा रेखाको चाहना अनुरुपको हैसियत माओबादी पार्टीले रेखालाई दिन सकेन या रेखा पार्टीको चाहना अनुरुप चल्न सकिनन ।केही असतुष्टी भयर होला रेखा राप्रपा प्रबेश गरी सकेकी छिन ।पार्टी प्रबेशको अबसरमा प्राय फिल्ममा कहीले कालि त कहीले दुर्गा बनेर दुष्ट र आशुरी प्रबृत्तीको अन्त्य गरे जस्तै राजनितिमा लागेर त्यस्ता नकारात्मक गतिबिधिको अन्त्यको लागि लड्ने इच्छा देखाएकी छिन ।उनले सोचे जस्तै गरी राजनितिमा नकारात्मक सोचलाई चिरेर कत्तीको अगाडी बड्न सक्छीन त्यो त समयले देखाउने नै छ ।
Post a Comment