Latest Updates :

दुई चर्चित नायिकासहित १० कलाकार काँग्रेसमा प्रवेश, देउवाले यसरी भित्र्याए


SHARE THIS POST :
दैनिक नेपाल२०७३ पुष
काठमाडौँ । चलचित्र क्षेत्रका कलाकार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफनो निवास बूढानीलकण्ठमा आज आयोजित कार्यक्रममा नवप्रवेशी कलाकारलाई पार्टीको साधारण सदस्यता प्रदान गर्नुभयो ।
कलाकार रमेश बुढाथोकी, नेपाल कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नायिका प्रतीक्षा खड्का, रञ्जु सुनाम, रिस्ता बस्नेत, नम्रता योगी, विपना बस्नेत, गायक युवराज चौलागार्इं र पूर्णम राई काँग्रेसमा प्रवेश गर्नुभएको हो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु— पार्वता डीसी चौधरी, लक्ष्मी परियार, राज्यमन्त्री दीर्घराज भाट, वरिष्ठ कलाकार नीर शाह, नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य सुनिल पुरी लगायतका केन्द्रीय सदस्यहरु सहित ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv