Latest Updates :

कतै भोकमरी कतै जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि गोदाममै


SHARE THIS POST :

नेपालगन्ज, जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ ।

कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उहाँले भन्नुभयो – “प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा रहेको चामल प्रयोग गर्न सकिएको छैन ।”
नेपालगन्जमा संस्थानले धान खरिद गरिरहेको छ । किसानबाट किनेको धान राख्ने ठाउँ छैन । तर संस्थानको गोदाममा प्रयोग गर्न नमिल्ने ठूलो परिमाणको चामल भण्डारण गरिएको छ । रासस

शेयर गर्नुहोस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv