Latest Updates :

भिजिट भिसामा यूएई आएका १३ जना नेपाली अलपत्र परेका छन । उनीहरु प्रतिव्यक्ति २ लाख ३५ हजार रुपैयासम्म बुझाएर सुनसरीको ईटहरीस्थीत समद मेनपावर कम्पनी मार्फत आएका हुन्


SHARE THIS POST :

युएई, मंसीर २२

भिजिट भिसामा यूएई आएका १३ जना नेपाली अलपत्र परेका छन । उनीहरु प्रतिव्यक्ति २ लाख ३५ हजार रुपैयासम्म बुझाएर सुनसरीको ईटहरीस्थीत समद मेनपावर कम्पनी मार्फत आएका हुन् ।  

यूएई आए पश्चात लगत्तै पेट्रोल पम्पमा काम लगाइदिने आश्वासन दिइएको थियो । तर युएई आइपुगेपछि अर्का दलाल नितेश खतिवडाले काममा लगाईंदिने भन्दै उनीहरु मध्ये सात जनासँग १ हजार डलर लिएर फरार भएको पीडितले बताए ।

प्रष्फुटन अनलाइनका अनुसार यसरी अलपत्र परेपछि उनीहरु समस्यामा परेका छन् । समस्या थाहा पाएर एकजना नेपालीले एक बोरा चामल किनिदिएपनि अरु खानेकुरा नभएको पीडितले बताएका छन् । पीडितको उजुरीका आधारमा युएईमा दलाललाई भनें प्रहरीले पक्राउ गरेको छ । तर सो दलालले पीडितलाई आफूले नचिन्ने भन्दै उम्किने प्रयास गरिरहेका छन् ।

नेपाली जनप्रगतिशील मोर्चाका महासचिव पृथीछक बुढाका अनुसार तत्कालै खाना खाने समस्या भएका कारण उनीहरुलाई मोर्चाका सदस्यहरुले केहि खाद्यान्न उपलब्ध गराएका छन् ।

युएईमा अलपत्र अर्को भिडियो हेर्नुहोस्


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv