Latest Updates :

ख्यालठट्टा होइन सिक्किमिकरण गर्ने षड्यन्त्र भईरहेको छ–केसी - See more at:


SHARE THIS POST :

राष्ट्रि जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पूर्व देखि पश्चिम तराईलाई पहाडबाट अलग गरेर सिक्किमिकरण गर्न लगेको बताएका छन् ।

बुधबार बसेको संसदको बैठमा विशेष समय दिएर बोल्दै उनले भने यो ग्राण्डडिजाइन अन्तरगत आयको संशोधन प्रस्ताव हो, यो कुनै हालतमा पनि मान्य हुने छैन् । इतिहास साक्षि छ, नेपाली जनताको स्वाभिमानले यो देश बनेको हो ।

५ नम्बर प्रदेशबाट पहाडी र तराईका जिल्ला अलग गर्ने यो वषौँ देखिको षडयन्त्र हो । विस्तारै पुर्व र पश्चिमका जिल्ला पनि अलग गरेर तराईलाई सिकिम्म बनाउन लगेको बताएका छन् । यो ख्यालठ्ट्टा होइन ठूलो षड्यन्त्र भइरहेको छ ।  पाँच नम्बर प्रदेश टुक्रयर माग पुरा हुन्न यो प्रस्ताव तुरुन्त फिर्ता लिर्ने बताएका छन् ।

सत्ताको लागी विदेशिको कठपुतली भएर राजनीति नगर्न चेतावनी समेत दिएका छन् । केसीले बोले लगत्तै विपक्षी सांसदहरु आ–आफ्नो स्थानबाट उभिए पछि संसद अवरोध भएको हो । सभामुख घर्तीले संसद बैठक २४ गतेसम्मका लगि स्थगित गरेकि छन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv