न्यूज अभियान,काठमाण्डौ,२१ मंसिर । नेपालको राष्ट्रवादी आन्दोलनका प्रखर प्रवक्ता र चीनले समेत विश्वास गरेको भनेर चिनिएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले मुख खोलेका छन्– भारतीय स्वार्थ अनुकुल काम गर्न चाहनेले तराईलाई आँखा लगाए ।
तराईमा आँखा भारतले लगायो कि भारत परस्तहरुको मात्रै भन्ने जिज्ञासामा विष्टको जवाफ छ– जे पनि हुनसक्छ । राजदूत रन्जित रेका क्रियाकलापले आशंका बढाएको छ । हाम्रो स्वतन्त्रतामाथि कूटनीतिक हमला पनि हुनथालेको छ ।
विष्ट नेपालमा स्थापित भारतीय मिसन हटाउने प्रधानमन्त्री पनि थिए । अहिले नेपालमा भारतीय दबदबा बढेर गएको देखेर चिन्तित छन् र राजनीतिक नेताहरुले देशको चिन्ता गर्नुपर्ने सुझाव दिइरहेका छन् । बुढो बिष्टको सुझाव ठूला दलका नेताहरुलाई सुन्ने फुर्सद नै कहाँ छ र ?
Post a Comment