Latest Updates :

मन्दिरलाई साक्षी राखेर विवाह गर्न लाग्दा एक जोडी थानामा पुर्‍याइए - See more at:


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २१ मंगलबार

पाेखरा, २१ मंसिर । विवाह गर्न भनेर मन्दिर पुगेका एक जोडी सोमबार प्रहरी चौकी पुग्नु पर्‍यो । सँगै जिउने–मर्ने बाचा गर्दै लेकसाइडको केदारेश्वर मन्दिरलाई साक्षी राखेर विवाह गर्न लागेको जोडी सँगै घर जानु पर्ने थियो । तर उनीहरुको सपना पूरा हुन पाएन ।

कुनै जघन्य अपराध गरेका कारण उनीहरुले विवाह रोकिएको होइन, आफ्नै उमेरले विवाहबाट वञ्चित गराइदिएको हो ।
सिन्धुली बेलघारीका १८ वर्षे चित्रबहादुर राउत र १६ वर्षे विनीतालाई उमेरकै कारण विवाह गर्न कानुनले नै रोकिदियो ।

कानुनमा २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने प्रावधान छ । बाल विवाह हुन लागेको भन्ने जानकारी पाएर महिला अधिकारकर्मी, नागरिक समाज, नगरपालिकाका प्रतिनिधि, प्रहरी, पत्रकार र वडावासी मन्दिर पुगेका थिए । १६ दिने लैंगिक हिसां विरुद्धको अभियान चलिरहेकै बेला बाल विवाह गराउन खोजेको भन्दै अभिभावकले समेत हैरानी खेप्नुपर्‍यो ।

सिन्धुलीमा चित्रबहादुर र बिनिताको गाउँ नजिकै पर्छ । उनीहरु एउटै स्कुल पढ्ने भएपछि चिनजान नहुने कुरै भएन । चित्रबहादुर ८ कक्षा पढ्दा रविना ५ मा पढ्थिन् । त्यतिबेलैदेखि नै उनीहरुले एक–अर्कालाई मन पराएका थिए । आठ कक्षा पास गरेपछि पोखरा बस्ने परिवारकै साथमा आएका थिए, चित्रबहादुर ।

पोखरा आएपछि उनहरुलाई फोनले जोडिदियो । करिब तीन वर्ष उनीहरुले टाढै रहेर प्रेम गरे । ११ कक्षा पढेर छाडेका चित्रबहादुर पासपोर्ट बनाउन जान्छु भनेर गएको हप्ता घरबाट हिँडे । उनी ३ दिनपछि घर त फर्के तर पासपोर्ट लिएर होइन, बेहुली लिएर ।

पासपोर्ट बनाउन गएको छोराले बेहुली लिएर फर्केला भन्ने चित्रबहादुरका बाबुलाई विश्वास लागेन । छोराले श्रीमती ल्याएको आमाले बताएपछि बाबुको शंका अन्तत सत्य सावित बनिदियो । परिवारले बिनिताको माइती सिन्धुलीको जरायोटारमा सम्पर्क गर्‍यो ।

‘छोरी यहाँबाट गइसकी अब सुखसँग पाल्नु, दुख नदिनु’ भन्ने प्रतिक्रिया आएपछि चित्रबहादुरका परिवारले विवाहको चाँजो मिलायो । सोमबार विवाहको दिन जुर्‍यो । प्रेम युद्ध जितेको खुसीमा पुगेका चित्रबहादुरले मन्दिर घुमेर विनीताको सिउँदो भर्न के लागेका थिए, पुगिहाल्यो अधिकारकर्मीको टोली र उनीहरुको विवाह हुन पाएन ।

पासवर्ड बनाउने निहुँमा प्रमिका लिन सिन्धुली पुगेका चित्रत्रबहादुरले परिवारकै सल्लाहमा घर भित्रयाउने सोच राखेका थिए । तर, परिवारले दिने छाँट नगरेपछि चित्रबहादुरले बिनितालाई भगाएर पोखरा ल्याएका थिए । सहमतिमै आफूहरुले प्रेम विवाह गर्न लागेको भन्दै आग्रह गरे पनि २० वर्ष नपुगी विवाह गर्नु गैरकानुनी हुने प्रहरी र अधिकारकर्मीले दुबैलाई सम्झाइ बुझाइ गरे ।

चित्रबहादुरले आफूहरुलाई छाडिदिन आग्रह गरिरहे । घर छाडेर आएकी बिनिताको मन बुझ्ने त झन् कुरै भएन । तर कानुनले नमानेको विवाह अधिकारीकर्मीले पनि मानेनन् । दुवैलाई प्रहरी चौकी पुर्‍याइयो । महिला तथा बालबालिकाका कार्यालयको संरक्षणमा बिनिता अहिले एक संस्थाको सेल्टरमा पुगेकी छन् । परिवारको रोहबरमा चित्रबहादुर परिवारसँगै एक्लो मन लिएर घर फर्केका छन् ।

चित्रबहादुरले बिनिता गर्भवती भएको बताएका छन् । महिला तथा बालबालिका कार्यालय कास्की प्रमुख लक्ष्मी जिसीले परीक्षण नगरी गर्भको बारेमा भन्न नसकिने बताइन् । नियम अनुसार उमेर पुगेपछि विवाह गर्छु भन्ने हो भने रविनाले अझै चार वर्ष कुर्नुपर्छ ,समाधानमा खबर छ ।

विवाहमा पुगेका परिवार र अन्यले पनि उनीहरुको फेरि मिलन होस् भन्ने कामना गर्दै घर फर्केका छन् । पोखराका नागरिक अगुवा रामबहादुर पौडेल यस्तो अवस्थामा कानुनलाई मात्रै नहेरी व्यवहारिक पाटोलाई पनि हेर्नुपर्ने बताउँछन् ।

कास्कीमा एक हप्ताभित्र बाल विवाहको घटना भएको यो दोस्रो हो । प्रहरी, अधिकारकर्मीहरुले नै मंसिर १५ गते बालविवाह रोकेका थिए । सामाजिक सञ्जाल र मोबाइलको गलत प्रयोगले यस्तो समस्या बढिरहेको प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसी बताउँछिन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv