एजेन्सी, छोरा जन्मिएको ४ दिन पछि करिनाले राखिन् पार्टीः ‘छोराछोरी’ देखिए, थुप्रै सेलिब्रिटी पनि
करिना कपुरले पछिल्लो मंगलबार छोरा तैमुरलाई जन्म दिएकी छिन् । छोरा जन्माएको चार दिनपछि अर्थात शनिबार उनले आफ्नो घरमा क्रिसमसको पार्टी होस्ट गरिन् जसमा सैफ अली खान (र उनकी पहिलो श्रीमती अमृता सिंह) की छोरी सारा अली खान निकै सुन्दर देखिएकी थिइन् भने पार्टीमा छोरा इब्राहिम अली खान पनि पुगेका थिए ।
साथै सेफकी बहिनी सोहा अली खान, ज्वाईं कुणाल खेमू र आमा शर्मिला टेगोर पनि पार्टीमा संलग्न भएका थिए । करिनाका विशेष साथी मलाइका अरोड र अमृता अरोडा पनि पार्टीमा देखिए ।
करिनाको माइतीपट्टीका कपुर खानदानबाट उनका पिता रणधीर कपुर, आमा बबिता, काका कुणाल कपुर र दिदी करिष्मा कपुरसहित सबै सदस्य उपस्थित थिए ।
Post a Comment