मारिनेमा १९ बालबालिका र १२ जना महिला रहेका छन्। अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी एअर फोर्स दुबैले आक्रमण गरिरहने क्षेत्र भए पनि कसको आक्रमणमा उनीहरु मारिएका हुन् भन्ने यकिन भएको छैन।
हमलामा दर्जनौं मानिस घाइते भएका छन्। आईएसको मूख्यालय मानिएको एक मस्जिदलाई लक्ष्य गरी प्रहार गरिएको मिसाइल गल्तीले ब्यस्त बजारमा खसेको जनाइएको छ। आईएसले भने यसलाई नरसंहारको संज्ञा दिँदै एक सय २० जना मारिएको जनाएको छ। आक्रमणबाट बजार क्षेत्रमा रहेका भवनहरु पूर्ण रुपमा नष्ट भएका छन्।एजेन्सी
Post a Comment