Latest Updates :

बसको ठक्करबाट बालिकाको मृत्यु


SHARE THIS POST :

गाईघाट (उदयपुर), २६ मङ्सिर । रामपुर ठोक्सिला गाविस– ९ मा बसको ठक्करबाट आज तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

ना४ख ३०८१ नं को हिमाली यातायातको बसको ठक्करबाट तीन वर्षीया स्मृति श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक अमनलाल माझीले जानकारी दिनुभयो ।

घर नजिकै खेलिरहेकी श्रेष्ठलाई बसले ठक्कर दिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको इप्रकाले जनाएको छ । बसका चालक केशव कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv