धनकुटा, २६ मंसिर । तेह्रथुमको म्याङलुङ्ग–१ स्थित गढीभिरमा आईतवार दिउँसो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २७ जना घाईते भएका छन ।

धरानबाट तेह्रथुमको औंशीडाँडा तर्फ जाँदै गरेको ना.४ ख.२८६५ नम्वरको वस दिउँसो करिव २ बजे जिरीखिम्ती–म्याङलुङ्ग सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी तेह्रथुम सिम्ले–४ का ४५ बर्षिया कालिमाया लिम्बु, सिम्ले–७ का ६६ बर्षिय गुमानसिंह लिम्बु र संखुवासभा मामलिङ्ग–५ की ७ बर्षिया बालिका अञ्जली याखाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको स्रोत उदृत गर्दै केहि सञ्चारमाध्यममा ५ जनाको मृत्यु भएको खवर प्रशारण÷प्रकाशन भएपनि यथार्थमा तीन जनाको मात्र मृत्यु भएको तेह्रथुमका प्रहरी निरीक्षक राम ढकालले पुष्ठि गरेका छन । उनका अनुसार घाईते मध्ये १६ जनालाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

वाँकी घाईतेको जिल्ला अस्पताल तेह्रथुममा उपचार भईरहेको छ । घाईते मध्ये ७ जनाको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिव १ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी प्रमुख भीम कटुवालले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
बस दुर्घटनाका तस्वीरहरु-
Post a Comment