स्लामाबाद – एउटा झुठो समाचारले पाकिस्तान र इजरायलबीच परमाणु युद्धको तनावको स्थिति सृजना भएको छ । मंगलबार एडब्लुडी न्युजले गत डिसेम्बर २० मा इजरायली रक्षामन्त्री मोसे यालुनलाई उद्धृत गर्दै पाकिस्तानले सिरियामा आफ्नो सेना पठाए, ध्वस्त पारिदिने धम्की दिएको समाचार प्रकाशित गरेको थियो । ‘हामी उनीहरुलाई परमाणु हमला गरेर ध्वस्त पारिदिन्छौँ,’ यालुनलाई उद्धृत गर्दै लेखिएको छ । तर, यालुनले त्यसो भनेको कुनै प्रमाण भने छैन ।
उक्त समाचारको प्रतिक्रियास्वरुप पाकिस्तानका रक्षामन्त्री खावजा आसिफले आफ्नो आधिकारिक ट्वीटर एकाउण्टमा लेखे । उनले इजरायलमात्र परमाणु शक्ति भएको भनेर चेतावनी दिए । ‘इजरायली रक्षामन्त्रीले सिरियामा पाकिस्तानको भूमिकाको अनुमान गर्दै परमाणु प्रतिकार गर्ने चेतावनी दिएको छ । इजरायलले यो बिर्सेको छ कि पाकिस्तान पनि परमाणु शक्ति भएको राज्य हो,’ उनले डिसेम्बर २३ मा ट्वीटरमा लेखे । त्यपछि आसिफले क्रिसमसको राती फेरि ट्वीट गर्दै आफ्नो देशको परमाणु कार्यक्रम देशको स्वतन्त्रताको सुरक्षाको लागि मात्र भएको बताए । उनले आफूहरु शान्तिसँग बस्न चाहेको स्पष्ट पारे ।
झुठो समाचारले विश्वभर तनाव पछिल्लो समय सामाजिक सञ्जालमा देखिने झुठो समाचार विश्वभर चर्चाको विषय बन्ने गरेको छ । हालैमात्र अमेरिकाको डेमोक्रेटिक पार्टीले झुठा समाचार प्रयोग गरेर डोनाल्ट ट्रम्पलाई अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जिताएको आरोप लगाएको थियो । निर्वाचन हारेको एक महिनापछि डिसेम्बरमा हिलारी क्लिन्टनले झुठो समाचार ‘महामारी’ भएको बताइन् । गत डिसेम्बर १५ मा फेसबुकले झुठो समाचारलाई लेबल गर्न शुरु गर्ने बताइसकेको छ ।
Post a Comment