बलिउड नायिका जुही चावलाले नेपाली फिल्म खेल्ने
निर्माता रोज राणाले निर्माण गर्न लागेको चलचित्र ‘मेरो पैसा खै’ मा चर्चित बलिउड नायिका जुही चावलाले खेल्ने भएकी छन् ।
सौगात मल्ल, सागर तिवारी, वर्षा सिवाकोटी, सविन तामाङ, बुद्धी तामाङ, राजपाल यादवलगायतको अभिनय रहने उक्त फिल्ममा चावलाले खेल्ने पक्का भइसकेको जानकारी मंगलबार राजधानीमा आयोजित कार्यक्रमकाबीच निर्माता राणाले दिए ।
यस्तै फिल्मको निर्देशक पनि बलिउडकर्मी दिलिप शर्मा रहेका छन् ।
नेपाली र हिन्दी दुबै भाषामा बन्ने यस फिल्म माघ १५ बाट छायांकन सुरु हुने र चलचित्र हरि लामाले खिच्नेछन् भने संगीत बसन्त सापकोटा गीत दयाराम पाण्डेको रहने छ ।
Post a Comment