सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौँ,पुस ६ । साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।
मंगलबार प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४४ हजार ३ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५१ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।
Post a Comment