Latest Updates :

खेलको बिचमै परिवर्तन गरिन् ‘अन्डरवेयर’: टेनिस जगतका चकित गरिदिने तथ्य....


SHARE THIS POST :

एजेन्सी, खेलको बिचमै परिवर्तन गरिन् ‘अन्डरवेयर’: टेनिस जगतका चकित गरिदिने तथ्य
केहि दिन अघि टेनिस स्टार पेट्रा क्वीटोवाको घरभित्रै छिरेर उनीमाथि चक्कुले हमला गरियो । पेट्रालाई दुर्घटना लागेको चोट बिस्तारै निको हुँदैछ । यद्यपी, टेनिसको दुनियाँमा भएको यस्ता अचम्मका घटना पहिलो भने होइन । पहिले पनि एक टेनिस स्टारलाई खेलको बिचमा नै मार्न खोजिएको थियो । आज हामी तपाईंलाई खेल जगत्मा भएका यी भन्दा पनि अचम्मका  घटनाबारे जानकारी दिँदै छौं ।

खेलको बिचमा नै अन्डरवेयर परिवर्तिन गर्ने जेलीना जेनकोविकः

सन् २०११ मा फ्रेन्च ओपन टुर्नामेन्टमा जेलिना जेनकोविकलाई यति धेरै अप्ठेरो भयो कि उनले खेलको बिचमा नै आफ्ना दर्शकसामू अण्डरवेयर परिवर्तन गरेकी थिइन् ।

– यो देखेर कोही अचम्मित भए भने कोही निकै हाँसे

– उनको यो व्यवहारले उनलाई धेरैले नकारात्मक टिप्पणी गर्न थाले ।



जब खेलको बिचमा टेनिस खेलाडीलाई चक्कुले प्रहार गरियोः

– सन् १९९३ मा युगोस्लावियाकी मोनिका सेलेसमाथि एक व्यक्तिले ९ इन्चको चक्कुले हमला गरेका थिए ।

– यो दिनलाई टेनिस इतिहासको कालो दिन मानिन्छ ।

– यद्यपी, उनी दुर्घटनाबाट बाँच्न सफल भइन् ।

जब एन्डी रोडिकको तेज शटले फुट्यो टेनिस बलः

– पूर्व टेनिस खेलाडी रोडिक सबैभन्दा तेज शटले बललाई फुटाएको भनी चर्चित छन् ।

– सन् २०१२ मा युएस ओपनका क्रममा उनले २४९ किलोमिटर प्रतिघण्टाको स्पिडमा बल हानेका थिए जुन टेनिस बल क्ले कोर्टसँग ठोक्किएर टुक्रामा छरिएको थियो ।

फेडररको पसिना पुछ्न पुगेका प्रशंसकलाई सुरक्षाकर्मीले उठाएर फ्याँकिदिएः

–फ्रेन्च ओपमा रोजर फेडरर र रबिन सेडर्लिंग बिचको खेलमा एक प्रशंसक रुमाल लिएर हाम फाले ।

– यी प्रशंसक फेडररको पसिना पुछेर उनलाई क्याप लगाइदिन चाहन्थे ।

– उनको यस्तो व्यवहारका कारण फेडरर निकै डराएका थिए । पछि उनलाई सुरक्षाकर्मीले यी प्रशंसकलाई उठाएर फ्याँकिदिए ।

र्याकेटमा बल फसेपछि पनि रोकिएन खेलः

– सन् २०१४ अमेरिकामा यो अचम्मको धटना भयो जब डेनमार्ककी टेनिस सुन्दरी क्यारोलिना वोजनियाकीको बल उनको र्याकेटमा अड्किएको थियो ।

– त्यसपछि पनि खेल रोकिएन र उनी आफ्नो फसेको बलसँगै खेलिरहिन् ।

रोइरहेकी आमालाई देखेर नडालले रोके खेलः

– धेरैजसो आक्रामक देखिने नडालले केहि दिन अघि भएको खेलमा आफ्नो भिन्न रुप देखाए ।

– खेलको क्रममा एक महिला दर्शककी आफ्नी छोरी हराएकी थिइन् ।

– महिला रुँदा रुँदै आफ्नो हराएकी छोरीलाई खोज्न थालिन् ।्

– खेल खेलिरहेका नडालले जतिबेला यो दृश्य देखे तब उनले खेल रोक्न इसारा गरे ।

– त्यसपछि ती महिलाले आफ्नी छोरी भेटिन् ।

फ्रेन्च ओपन २०१५ मा जब एक प्रशंसक हाम फालेर कोर्टमा आइपुगेः

– फेडरर कोर्टबाट बाहिर जाँदै थिए र उनले एक प्रशंसकसँगको सेल्फीका लागि अस्विकार गरिरहेका थिए ।

– उनले अस्विकार गरेपनि फ्यानले उनको हात समातेर सेल्फी लिए ।

– यो घटनाले फेडरर निकै रिसाएका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv