Latest Updates :

सौतेली आमा हेमा मालिनीसँग कस्तो छ सनी—बबी देवलको सम्बन्ध ?....


SHARE THIS POST :

बलिउडकी ड्रिम गर्ल हेमा मालिनी १६ अक्टोबरमा ६८ वर्षकी भइन् । हेमा मालिनी ती कलाकारहरुमध्ये एक हुन्, जो आफ्नो ब्यक्तिगत जीवनलाई लिएर पनि उतिकै चर्चामा रहे, जति कामका लागि चर्चित भए ।

उनको विवाहलाई नै लिन सकिन्छ । सन् १९८० मा हेमा मालिनी र हिन्दी फिल्म स्टार नायक धर्मेन्द्रको विवाह कयौं रुकावटका र तनावका बाबजुद सम्पन्न भएको हो ।धर्मेन्द्रले हेमासँग त्यतिबेला विवाह गरेका थिए जतिबेला उनकी ठूली छोरीको विवाह भइसकेको थियो । र, उनका छोरा सनी देवल फिल्ममा आउने तयारी गरिरहेका थिए ।

दुवैका परिवार यस विवाहको विरुद्धमा थिए । खासगरी सनी देवल त पिताको यो कदमलाई लिएर निकै बेखुश थिए । प्रेम र परिवारसँग सन्तुलन मिलाउँदैं धर्मेन्द्रले धर्म परिवर्तन गरेर विवाह गरे ।

धर्मेन्द र उनकी पहिली पत्नी प्काश कौर दुवै छोराहरु सनी र बबी देवल र सौतेली आमा हेमा मालिनी र उनकी छोरीहरु इशा र अहानाबीच सम्बन्ध अहिले पनि सामान्य भइसकेको छैन् । अहिलेसम्म इशा र अहानाले कहिल्यै पनि सनी र बबी देवललाई रक्षा बन्धन बाँधेको खबर बाहिर आएको छैन् ।

यतिमात्र होइन्, सनी र बबी आफ्नी सौतेली बहिनीको विवाहमा पनि सहभागी भएनन् ।अहिलेसम्म यी दुई भाइले आफ्नी सौतेली आमाका विषयमा पनि खुलेर कुरा गरेका छैनन् । त्यसैले उनीहरुबीचको सम्बन्ध अझै सामान्य भइसकेको पाइदैंन् ।

नेपालीपत्र बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv