Latest Updates :

भक्तपुरमा भूत भेटिएपछि...


SHARE THIS POST :

ख्वप कलेज देकोचा भक्तपुरमा शनिबार मञ्चित ग्यालीपोलीका चिहानहरु नामक नाटकका कलाकार ।
भक्तपुर–दिउँसो झण्डै ११ बजेको समय थियो। ठाउँं थियो, भक्तपुर नगरपालिका ५ देकोचा। पहिलादेखि नै दुई वटा चिहान थियो त्यहाँं। त्यही ठाउँंमा शनिबार दिउँसै एक्कासी डरलाग्दो आवाज गुन्जियो । नभन्दै चिहानभित्रका दुई वटा शवको आवाज निस्कियो। तिनीहरु कुराकानी गर्न थाले। उनीहरुमध्ये एकजनाले भन्दै थिए, यहाँं मानिसहरु कोही छैनन्, सुनसान छ, जाँउ एकछिन उठेर बाहिर। यतिकैमा उनीहरु उठेर आए। हेर्दै डरलाग्दा दुई वटा भूतहरु दिनदहाडै बाहिर निस्के।

यो परिदृष्य हो, भक्तपुरमा शनिार भएको नाटकको परिघटना। त्यहाँ ग्यालीपोलीका चिहानहरु नामक नाटक प्रदर्शन गरिएको थियो। स्नातक तह दोश्रो वर्ष ऐच्छिक विषय अंग्रजी विषयको पाठ्यक्रममा समावेश भएको नाटक ग्यालीपोलीका चिहानहरु नामक नाटक त्यहां मञ्चन गरिएको थियो। ख्वप कलेज देकोचा भक्तपुरमा वीए, वीएसडव्लूमा अध्ययनरत विद्यार्थीले नाटक प्रदर्शन गरेका थिए । मानविकी तथा सामाजिक संकायमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको स्वागत, विदाई तथा प्रस्तुतीकरण कार्यक्रममा नाटक प्रदर्शन गरिएको थियो ।

नाटकमा उल्लेख भएको ग्यालोपोली बेलायतको एक ठाउँको नाम हो। जहाँ वेलायत र टर्कीबीचको युद्धमा मरेका सिपाहीहरुको लाश गाडिएको थियो। सन् १९१५ ताका भएको युद्धको घटनालाई लिएर लेखिएको नाटक ग्यालीपोलीका चिहानहरु नामक नाटक त्यहाँ मञ्चन गरिएको थियो ।

मञ्चित नाटकका दुई जना पात्र छन् । जुन बेलायत र टर्कीका थिए । उनीहरु सात वर्षसँगै वसे पनि कुराकानीकाका क्रममा मात्रै छुटाछुटै देशका भनी थाहा पाउँंछन् । दुवै जनाबीच त्यहाँ भावनात्मक कुराकानी हुन्छ। युद्धमा नेतृत्वले सिपाहीहरुलाई बलिको बोका बनाएर लडाउने गरेको नाटकको सारांशमा देखाइएको छ । सवै मानवबीच युद्ध होइन, मेलमिलाप आवश्यक रहेको पनि नाटकमा झल्काइएको छ ।

नाटकका निर्देशक राजेन्द्र श्रेष्ठले नाटकमा मानवबीचको मेलमिलापमा जोड दिएको बताउँछन् । यसकारण यो नाटकलाई छनौट गरी मञ्चन गरिएको उनले बताए ।
नाटकका दुवै कलाकार पनि कलेजमा स्नातक तह दोश्रो वर्षका विद्यार्थी नै थिए । कलाकार पलिस्था रञ्जितकारले नाटकमा मानवीय भाबना भएकोले मञ्चन गरेको बताइन् । अर्की कलाकार अमृता अर्यालले नाटकको अन्तिममा आएर दुई जना सिपाही दुई देशका भएको थाहा पाउनु रोमाञ्चक र सनसनीपूर्ण रहेको बताइन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv