Latest Updates :

भारतीय राजदूतद्वारा विज्ञप्ति नै जारी गरेर संविधान संशोधनको आह्वान


SHARE THIS POST :

काठमाडौं, १९ मंसिर । नेपालस्थित राजधानीको लैनचौरमा रहेको भारतीय राजदूतावासले संविधान संशोधन प्रस्तावलाई सफल बनाउन सम्पूर्णमा आह्वान गरेको छ ।
भारतीय राजदूत रञ्जीत रेले आइतबार विहानै एक विज्ञप्ति जारी गरी सबै पक्ष समेटिनेगरी आएको संशोधन प्रस्ताव सफल हुनुपर्नेमा जोड दिएका हुन् । ‘सबै पक्ष संविधान संशोधनमा नजिकबाट सरिक होउन् र यो प्रयासले सफलता हासिल गरोस् भन्ने हामी चाहन्छौं,’ भारतीय राजदूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
संविधान संशोधनमा भारतीय दूतावासले अनावश्यक चासो लिएको र हस्तक्षेपको भूमिका खेलेको भन्दै भारतीय राजदूतलाई देश निकाला गर्न माग आइरहेका बेला दूतावासले भने ‘नजिकका छिमेकी एवम् मित्रको हैसियतले सघाउन खोजेको’ स्पष्टिकरण पनि दिएको छ ।
शनिबार मात्रै नेपालको संविधान र राजनीतिमा अनावश्यक चासो र हस्तक्षेप गरेको भन्दै एमाले निकट भातृ संगठनले दूतावास अगाडि प्रदर्शन गर्दै भारतीय राजदूतलाई देशनिकाला गर्न माग गरेका थिए ।
यसको भोलिपल्टै आइतबार विहानै जारी भएको विज्ञप्तिमा संसदमा संविधान संशोधन विधेयक दर्ता गरिनु महत्वपूर्ण कदम भएको उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ- ‘शान्ति, स्थायित्व र प्रगतिप्रति दुबै छिमेकी नेपाल र भारतको साझा चासो र सरोकार रहेको अवस्था यथावत छ । संवैधानिक प्रक्रिया र संवादको माध्यमबाट समाजका आकांक्षाहरूको परिपूर्तिका निम्ति नेपाल सरकारका पहलमा हामीले सदैव सघाउँदै आएका छौं ।’
दूतावासले भारत नेपालमा सबै प्रकारको सहयोग गर्न तयार रहेको कुरा पनि उल्लेख गरेको छ । ‘नेपालको नजिकको मित्रवत् छिमेकीका नाताले भारत नेपाली जनता र सरकारको प्राथमिकतालाई ध्यानमा राखेर शान्ति, स्थायित्व र आर्थिक विकासको अभिवृद्धिका निम्ति सबै प्रकारको सहयोग जारी राख्न तयार छ,’ विज्ञप्तिमा भनिएको छ ।दैनिकनेपालबाट

यस्तो छ भारतीय दूतावासको आह्वानः
indian-embassy-650x466


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv