दुई साथीको बर्बर हत्याको पछाडि लभ, सेक्स र पैसाको कुरा सार्वजनिक भएको छ । दिल्ली पुलिसले पछिल्लो महिना राजधानीको मुनरिका इलाकामा महिलाहरुको शिर काटेको शव बरामद गरेको थियो । यो घटनामा महिलासमेत २ महिलालाई पक्राउ गरेको छ भने मुख्य आरोपी र उनका साथी फरार छन् । हत्यामा सिरियल किलरको हात नभएको दिल्ली पुलिसले शनिबार बताएको छ । ज्वाइन्ट सिपी आरपी उपाध्यायका अनुसार दुई महिलाको हत्यामा एक जोडीलगायत चारको संलग्नता छ ।
यसमा अर्जुन मुख्य आरोपी हुन् । उनले नै प्रेमिका मिनी संगमा, साथीहरु गोबिन्द र कुक जीवनसँग मिलेर दुबैको हत्या गरेका थिए । गत नोभेम्बर १८ र २५ नोभेम्बरमा वसन्त विहार र मुनिरकामा भिन्दा भिन्दै बोरामा शिर छेदन गरिएको शव भेटिएको थियो । शव निकै क्षत विक्षत अवस्थामा थिए । मृतक सोनम र न्यासा एक स्पामा काम गर्दथे ।
अर्जुनले नै दिएका थिए बासस्थानः पुलिसका अनुसार अर्जुनले नै सोनम र न्यासालाई बस्नका लागि घर दिएका थिए । त्यसपछि सोनम र अर्जुनका बिचको सम्बन्ध नजिकिएको थियो । एकदिन दुबैले मन्दिरमा गएर विवाह गरे र सँगै बस्न थाले । पहिलो प्रेमिका मिनी संगमा उर्फ नेहालाई जब यसबारे थाहा भयो तब उनी रिसले आगो भइन् । अर्जुनसँग उनको झगडा हुन थाल्यो । लभ–सेक्स र पैसाको लेनदेनका कारण सोनम र उनको साथीको हत्या भएको पुलिसले बताएको छ ।
कसरी भयो घटना ? उपाध्यायले भने, ‘मिनीले अर्जुनलाई आफू र सोनममध्ये एकलाई छान्नुपर्ने दबाब दिएपछि अर्जुनले मिनी, गोबिन्द र जीवनसँग मिलेर हत्याको योजना बनाएको देखिन्छ ।’ योजनाका अनुसार १७ नोभेम्बर राती अर्जुनले सोनमलाई आफ्नो कोठामा बोलाए र त्यसपछि चारजनासँग मिलेर उनको हत्या गरिदिए । सोनमको टाउको लिएर अर्जुन र गोबिन्द घटनास्थलबाट निस्किए । शवलाई दुई भागमा काटेर जीवन र मिनीले फोहोरमा फ्याँकिदिए । सोनमको हत्या गरेको भोलिपल्ट जब न्यासाले उनीबारे सोधिन् तब उनी कामको सिलसिलामा बाहिर गएको जानकारी दिए । आरोपीलाई डर थियो कि यदि न्यासा जिउँदो रहिन् भने उनीहरुको राज खुल्नेछ । १८ नोभेम्बर राती सबैले मिलेर न्यासाको पनि हत्या गरिदिए ।
नेपाल भागेको हुनसक्ने आशंकाः पुलिसले आरोपी कुक जीवन र मिनीलाई पक्राउ गरेको छ जबकी मुख्य आरोपी अर्जुन र गोबिन्द पुलिसको गिरफ्तारीभन्दा बाहिर छन् । भारतीय मिडियाले अर्जुनको घर नेपालमा भएको बताएको छ । त्यसैले उनी भारतबाट भागेर नेपालनै आउन सक्ने आशंका पुलिसले गरेको छ । उनको लोकेशन भारत–नेपाल बोर्डर नजिकै भेटिएको बताइएको छ ।
Post a Comment