Latest Updates :

ज्याकलिन र ऋत्विक रोशनबीच अफेयर ?


SHARE THIS POST :
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७३ समय - ११:२१:०२   |  11 Dec, 2016

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र अभिनेता ऋत्विक रोशनबीच अफेयर चलेको खबर फैलिएको धेरै भयो । श्रीमतीले डिभोर्स गरेपछि एकल जीवन बिताइरहेका ऋत्विकको जीवनमा ज्याकलिन आएको भन्ने चर्चा बलिउड वृत्तमा चलेको थियो । यस्तो हल्लालाई बल पुर्‍याउनेगरी दुवैजना केही सार्वजनिक स्थानमा सँगै गएको अवस्थामा समेत फेला परेका थिए ।

दुवैले आफूहरूबीच अफेयर रहे-नरहेकोबारे केही बताएका छैनन् । तथापि, ऋत्विकसँग जोडेर ज्याकलिनको चर्चा गर्ने क्रम अझै रोकिएको छैन । यस्तै चर्चामा बल पुर्‍याउनेगरी उनीहरूले सँगै एउटा भिडियोमा काम गरेका छन् । ‘डेट गन रङ’ टाइटलको सो भिडियोमा उनीहरूले नृत्य गर्दै गरेको दृश्य छ । यो भिडियोसम्बन्धी समाचार आएपछि दुवैजनाको नाम जोडेर पुनः एक पटक अनेक टिप्पणी भएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv