एजेन्सी। मानव इतिहासमा बिलुप्त भइसकेका रहस्यहरुलाई जान्नका लागि खोज तथा अनुसन्धान हमेशा जारी रहँदै आएको छ । अनुसन्धानका लागि नै पुरातत्वविद्हरुले विश्वका विभिन्न ऐतिहासिक स्थानमा उत्खनन् पनि गरिरहेका हुन्छन् ।
यसै शिलशिलामा केही महिनाअघि अमेरिकामा उत्खननका क्रममा एउटा माटोको घडा भेटियो । सुरुमा त त्यो घडामा सुनचाँदीजस्ता बहुमूल्य धातु हुनसक्ने अनुमान गरिएको थियो । तर, त्यहाँ सुनचाँदी नभएर सोच्दै नसोचेको चिज भेटियो ।
माटोको घैँटामा सुनचाँदी होइन, अचम्मको बिज थियो । त्यसमा भेटिएकामध्ये अधिकांश बियाँहरु त खराब भइसकेका रहेछन् । केही भने अझै काम लाग्ने अवस्थामा भेटियो । त्यसपछि अनुसन्धानकर्ताहरुले सो बिजलाई माटोमा रोपेर उमारे ।
फल लागेपछि थाहा भयो, त्यो त फर्सीको एक प्रजाति पो रहेछ । यो प्रजातिको फर्सी संसारबाट लोप भइसकेको थियो ।तर, सयौँ वर्ष पहिलेका मानिसको दुरदर्शिताका कारण फेरि यो फल हामी माझ आएको छ ।एजेन्सीकाे सहयाेगमा
Post a Comment